प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री

सारांश

  • धनगढी ।
  • प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ ।
  • माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

धनगढी । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ ।

माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

लगतै ६ मन्त्रीले सपथ लिएका छन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् ।

एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् । बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादीबाट मन्त्री बनेकी हुन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Nayan Thapa

    Desh lutnuluta

    Comment Author

    Ramhari Yogi

    सबैमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

    Comment Author

    Khushilal Chaudhry

    Badhai xa

    Comment Author

    Shamser Katuwal

    Very good

    Comment Author

    सहयात्री प्रकाश सुनुवार

    गृहमन्त्री सिलवाल हुने कुरो छ।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?