ठग्ने व्यापारीलाई कारबाही गर्छु : आपूर्ति मन्त्री यादव
सारांश
- विराटनगर, २२ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्ने बताउनुभएको छ ।
- विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानून अनुसार कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।
- आपूर्ति मन्त्री यादवले अहिले मुलुकमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा मात्र नभै उद्योग क्षेत्रमा पनि सेण्डिकेट रहेको उल्लेख गर्दै सरकारले जूनसूकै सिण्डिकेट प्रथालाई जराबाटै उखाल्ने छ भन्नुभयो ।
विराटनगर, २२ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानून अनुसार कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।
आपूर्ति मन्त्री यादवले अहिले मुलुकमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा मात्र नभै उद्योग क्षेत्रमा पनि सेण्डिकेट रहेको उल्लेख गर्दै सरकारले जूनसूकै सिण्डिकेट प्रथालाई जराबाटै उखाल्ने छ भन्नुभयो ।
कानूनको जटिलताका कारण नै उपभोक्तासँग बढी मूल्य लिने चार चक्के गाडी व्यवसायीलाई कारबाही गर्न नसकेको बताउँदै उहाँले यस सम्बन्धमा कानून निर्माण गरी उपभोक्तालाई सुपथ मूल्य चार चक्के तथा दुई चक्के यातायात खरिद गर्ने व्यवस्था मिलाइनेछ भन्नुभयो ।
नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) पार्टी एकता कार्य दलका सदस्य समेत रहनुभएका मन्त्री यादवले आफूहरुले सफलतापूर्वक कार्य सम्पन्न गरेको बताउँदै संयोजन समितिमा दुबै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउनुभयो ।
उहाँले दुबै पार्टीबीच एकता हुने स्पष्ट पार्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई अलग÷अलग धार र सोचको पार्टी भएकोले दिगो एकताका लागि गहन छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
Dev Raj Bharati
ठग्ने नेतालाई नि ?
Jyoti Khanal
Yin ka khokra gaf.
Ganesh Shakya
बदे बदे बात करना तो मुझे भि बहुत आता है ।