भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेपछि कांग्रेस असन्तुष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
४५ पटक हेरिएको
Shares
भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेपछि कांग्रेस असन्तुष्ट

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ।
  • प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा गम्भीर आपत्ति जनाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएका हुन्। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद् बैठक गरिएकोमा आपत्ति जनाए।

‘प्रधानामन्त्री काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन गरिएको छ। यो अनुचित छ। यसबाट सूचना चुहिने र गोपनीयता पनि लिक भएर जाने गम्भीरता पनि रहन्छ,’ उनले भने। प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरी कार्यवहाक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउदै उनले भिडियो कन्फ्रेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराए।

मन्त्रिपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रीपरिषद् बैठक संञ्चालन कार्यविधि संशोधन गरिएको भन्दै कार्यविधिमा भएको संसोधन अबिलम्ब संसोधन गरेर पुर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए।

‘यदि प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक संचालन गर्न मिल्ने हो भने भोलि सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ?,’ उनले भने।
सभामुखले बैठक सुरु भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?