नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३२, २०७७
|
|
५१ पटक हेरिएको
Shares
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण

सारांश

  • काठमाडौं, ३२ साउन ।
  • नेपाल प्रहरीका एक डिआईजीलाई पनि कोरोना संक्रमण भएको छ ।
  • महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो ।

काठमाडौं, ३२ साउन । नेपाल प्रहरीका एक डिआईजीलाई पनि कोरोना संक्रमण भएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डिआईजीलाई संक्रमण भएको हो । उनको अवस्था सामान्य छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचराीमा संक्रमण बढीरहेको छ । शनिबारसम्म पाँच सय ५१ जनामा कोभिड–१९ देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरीहरु डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए । स्याङजा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङजाका प्रहरी प्रमुख भने निको भइसकेका छन् ।

प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । जहाँ करिब ४० प्रहरी कार्यरत छन् । सामाखुशीस्थित विपद् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ । संक्रमण बढ्दै गएकोले सर्वसाधरणलाई समेत त्यहाँ राख्ने गरी आइसोलेसन वार्ड बनाउन लागिएको छ ।

सरकारले प्रहरी अस्पताललाई कोभिड–१९ उपचारका लागि लेभल–२ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ हाल १० वटा आईसियु रहेकोमा १० वटा थप्ने र भेन्टिलेटर समेत राख्ने तयारी भएपनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए । दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
युवा ज्योतिष तथा वास्तुविज्ञ गर्गाचार्य सम्मानित
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
रामपुर नगरपालिकाको बजेट ४९ करोड
रामपुर नगरपालिकाको बजेट ४९ करोड
उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए
उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग
देशभरका यी १३ विमानस्थल मात्रै नाफामा
देशभरका यी १३ विमानस्थल मात्रै नाफामा