विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३५ पटक हेरिएको
Shares
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा

सारांश

  • बेनी, म्याग्दी, २६ वैशाख,म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँको खानीगाउँमा रहेको अचम्मको मूर्तिसहितको गुफा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
  • गुफामा विभिन्न आकृतिका मूर्ति भेटिए पनि संरक्षण र पूर्वाधारका लागि बजेट अभावले गुफा ओझेलमा परेको हो ।
  • गुफामा विभिन्न जनावरका आकृति, पक्षी, हातहतियार, हिमशृंखला, देवीदेवताको आकृति रहेका छन् ।

बेनी, म्याग्दी, २६ वैशाख,म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँको खानीगाउँमा रहेको अचम्मको मूर्तिसहितको गुफा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।

गुफामा विभिन्न आकृतिका मूर्ति भेटिए पनि संरक्षण र पूर्वाधारका लागि बजेट अभावले गुफा ओझेलमा परेको हो । गुफामा विभिन्न जनावरका आकृति, पक्षी, हातहतियार, हिमशृंखला, देवीदेवताको आकृति रहेका छन् ।

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको स्थानीय याम बुढाथोकीले बताउनुभयो । “यहाँको प्रचारप्रसार भौतिक पूर्वाधार निर्माणमा बजेटको आवश्यकता छ । स्थानीयको प्रयासले मात्रै सम्भव छैन” रोकाले भन्नुभयो ।

स्थानीयले गुफाको संरक्षणका लागि विभिन्न क्षेत्रमा पहल गरिरहेका छन् । जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले गुफा ओझेलमा परेको उनीहरुको भनाइ छ । घाँसदाउरा खोज्न जाने क्रममा भेटिएको मूर्तिको छदेखि सात सेन्टिमिटर माथि मूर्तिको शिरमा तीन÷चार सेकेण्डको फरकमा पानीको थोपा झर्ने गरेको स्थानीय उदय रोकाले बताउनुभयो ।

आसपासका क्षेत्रमा अझै धेरै मूर्ति र ठूलो गुफा भएको अनुमान स्थानीयले गरेका छन् । गुफामा विभिन्न किसिमका मूर्ति भेटिएपछि मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष क्याप्टेन डेकबहादुर राम्जालीले संरक्षण गर्दै धार्मिक क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कुहुँका विभिन्न स्थानमा गुफा तथा ओढार रहेका छन् । कुहुँकै टोड्केमा स्वर्गद्धारीको शाखा आश्रमसमेत रहेको छ । गाउँपालिकाले गाउँमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासमा समेत बजेटलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

कुहुँ धार्मिकस्थल भएकाले पनि स्वर्गद्वारीको आश्रम आसपासका क्षेत्रमा अझै पनि पुराना मूर्ति र संरचना रहेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिगो विकास मूलप्रवाहीकरणसम्बन्धी परीक्षण सूची पारित
दिगो विकास मूलप्रवाहीकरणसम्बन्धी परीक्षण सूची पारित
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
स्थानीय तहका अधिकार कार्यान्वयनः अवसर र चुनौतीको दोसाँधमा
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
काठमाडौंमा एकैदिन ६४५ जना कोरोना संक्रमित थपिए
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
ओली झन्डै हार्माेनियम बजाउन बसेका !
ओली झन्डै हार्माेनियम बजाउन बसेका !

तपाईंले छुटाउनुभयो कि?