ओली झन्डै हार्माेनियम बजाउन बसेका !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ओली झन्डै हार्माेनियम बजाउन बसेका !

सारांश

  • काठमाडाै, ४ असार ।
  • गणतन्त्र दिवसका दिन भनिएको कार्यक्रम राजदरबार हत्याकाण्डका दिन स¥यो ।
  • सांस्कृतिक संस्थान, कामपा, सार्थक जनसांगीतिक प्रतिष्ठान, नेकपा काठमाडौं, नेपाल पर्यटन बोर्ड, रेडियो नेपाल, नेपाल टेलिभिजन र जनता टेलिभिजनको सहयोगमा आयोजित युगीन आवाज कार्यक्रम अपराह्न ३ बजे भनिएकामा साढे ३ बल्ल शुरु भयो ।

काठमाडाै, ४ असार । गणतन्त्र दिवसका दिन भनिएको कार्यक्रम राजदरबार हत्याकाण्डका दिन स¥यो । सांस्कृतिक संस्थान, कामपा, सार्थक जनसांगीतिक प्रतिष्ठान, नेकपा काठमाडौं, नेपाल पर्यटन बोर्ड, रेडियो नेपाल, नेपाल टेलिभिजन र जनता टेलिभिजनको सहयोगमा आयोजित युगीन आवाज कार्यक्रम अपराह्न ३ बजे भनिएकामा साढे ३ बल्ल शुरु भयो ।

नाचघरमा ‘खतरा आर्केष्टा’माझ झुल्किए उनी । गाउँ र शहरका गल्ली, चोक र स्कुल, क्याम्पसमा हुरुर्र भेला भई गीत गाएका उनका लागि मञ्च भव्य नै थियो सांगीतिक समूहले भरिपूर्ण । केही पुरुष र महिला गायक÷गायिका थिए उनलार्ई साथ दिने । जनतालार्ई जोशिलो अभिवादन गर्दै पहिले नेपालको पहिलो राष्ट्रगान गाए हिमगिरि मण्डित सिद्धिचरण श्रेष्ठको रचनामा । एवं रीतले गाउँदै गर्दा कोही ताली बजाउन लागे, कोही नाच्न पनि लागे ।

सात सय क्षमताको नाचघरमा मान्छेको ओइरो थियो । कोही सिँढीमै बस्न लागे । बरु माननीयहरूलार्ई राखिएको सिट खाली नै थियो ।जनअास्था साप्ताहिकका अनुसारउपप्रम ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृतिमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्व प्रम झलनाथ खनाल, कामपा प्रमुख विद्यासुन्दर शाक्यलगायत आइसकेका थिए । कायक्रम आफ्नै ढंगले चल्दै गयो ।

बीचमा एक पल्ट रामकृष्ण दुवाललार्ई बोलाएका थिए रामेशले तर मञ्जुलको नामचाहिँ लिएनन् । प्रधानमन्त्री बल्ल ५.२७ बजे झुल्किए । रामेशलार्ई हामीले हृदयदेखि नै माया गर्ने सम्मानका पात्र भनी उनले कुरो शुरु गरे । उनले भने, जेलजीवनका कठोर दिनहरूमा बाँच्ने आशा थियो, हामी जित्नेछौँ (वि स्याल ओभरकम) भन्ने गीत । त्यतिबेला मैले पनि गीत गाएँ भनेपछि कुरो बुझौँ न उनले भने । मञ्जुल, रायन, जेबी टुहुरे, लव प्रधान, गोकुल जोशी, गोपालप्रसाद रिमाललार्ई सम्झे । आफ्नै जीवनमा जितेकामा राल्फा परिवारलार्ई बधाई दिए र भने, तर अब स्वस्थानी कथामा जस्तो महादेवले झुप्रामा लात्ताले हान्दैमा महल एकैचोटि खडाचाहिँ हुँदैन । अब कोही भोकै मर्दैन, कोही जाडाले मर्दैन । अझ ठूल्ठूला गुन लगाउनुस्, गाउँ गाउँबाट उठ–२, ३ रचना गर्नाेस् । अनि गीत गाए–

रामेश, रायन, मञ्जुल कला लिएर उठ
गला लिएर उठ
अब देश नयाँ चरणमा उठ्यो
देश बनाउन उठ
स्वस्थ्य भएर उठ
सशक्त भएर उठ ।

त्यसअघि घरमा हार्माेनियम, मादल र तबला राखेका ओलीले गाइसकेका थिए-
अँध्यारोमा पनि वीर बाटो भुल्दैन
खडेरीमा पनि फूल फुल्न भुल्दैन ।

ओलीपछि पुनः मञ्च पाएका रामेशले अघिल्लो पालि प्रधानमन्त्रीबाट हटेपछि ओलीले पुराना कम्युनिष्ट नेता डिपी अधिकारी र श्रीमती अधिकारीकी पत्नीसामु भनेका रहेछन्– अब राजनीति गर्दिन, हार्माेनियम बजाएर बस्छु । अधिकारीपत्नीले भनेकी रहिछन्, तपाइले अब फेरि जनताको मन जित्न देश उठाउन र समृद्ध पार्न अर्काे १० वर्ष राजनीति गर्नुपर्छ, हार्माेनियम बजाउन पाउनुहुन्न, देश समृद्ध भएपछि हामी आफैँ मुरली र हार्माेनियम लिएर आऔँला ।

कलाप्रेमी ओलीलार्ई रामेशले आफ्ना केही सिडी पनि दिए । रामेश, मञ्जुल र रायनले चाहिँ सांसद हुन पाउने हुन् कि होइनन्, हेर्नु छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमकमा राप्रपा (प्र)का उम्मेदवार सिफारिस
दमकमा राप्रपा (प्र)का उम्मेदवार सिफारिस
पौडेलको गुनासो : पार्टीको डाडुपन्यु देउवाको हातमा
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए
कांग्रेसमा ६०/४० ले-४० मागेर आएका देउवाले ४० नै दिए
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
नेकपाका दुई अध्यक्ष विदेश भ्रमणमा, माधव नेपालले गरे छुट्टै भेला
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
झापा ५ मा ओली २१ हजार भन्दा धेरै मतले अघि
बालुवाटार जग्गा प्रकरणमा सय जनामाथि अनुसन्धान हुँदै
बालुवाटार जग्गा प्रकरणमा सय जनामाथि अनुसन्धान हुँदै
विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन
विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन
सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त
सूचना नदिने कर्मचारीविरुद्ध आयोगमा उजुरी दिनुस् : प्रमुख सूचना आयुक्त

तपाईंले छुटाउनुभयो कि?