एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टी एकताको सहमति

सारांश

  • काठमाडौं, ७ फागुन ।
  • प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच पार्टी एकता गर्ने सहमति भएको छ ।
  • दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

दुई अध्यक्षबीच पार्टी एकताको लागि सहमति जुटेको एमाले उपाध्यक्ष वामदेव गौतमले पुष्टि गरेका छन् । गौतमले पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भएको बताएका छन् । उक्त सहमतिलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्ने पनि नेता गौतमले जानकारी दिए ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा आलोपालो गर्नेगरी सहमति जुटेको स्रोतले बताएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै घोषणापत्र लिएर होमिएका एमाले माओवादीबीच चुनावपछि पार्टी एकता नै गर्ने निधो भएको थियो । यद्यपि शीर्ष नेतृत्व तथा अन्य नेताहरुको व्यवस्थापनको विषयले पार्टी एकताको विषय अन्यौलमा परेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sundar Tangbe

    Desh ko samridi ra bikash garne bhaneko ta tapai haru kura milaudaima samaya jadai xa ta party bhanda Desh bikash tira sochne garnu plz

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?