ढोकैमा बेवारिसे शव राखेकाे विर अस्पताल प्रशासन भन्छ ‘ जिउँदो बिरामी राख्ने ठाउँ त छैन।’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ढोकैमा बेवारिसे शव राखेकाे विर अस्पताल प्रशासन भन्छ ‘ जिउँदो बिरामी राख्ने ठाउँ त छैन।’

सारांश

  • काठमाडौं, २७ वैशाख ।
  •   वीर अस्पतालले बिरामी र कुरुवाहरू आवतजावत गर्ने बाटोमै शव राखेर चरम लापरवाही गरेको छ ।
  • अस्पतालको भुइँतलास्थित आकस्मिक कक्षको दायाँतर्फ इमर्जेन्सी एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने बाटोमै शव राखिएको छ ।

काठमाडौं, २७ वैशाख ।  वीर अस्पतालले बिरामी र कुरुवाहरू आवतजावत गर्ने बाटोमै शव राखेर चरम लापरवाही गरेको छ ।

अस्पतालको भुइँतलास्थित आकस्मिक कक्षको दायाँतर्फ इमर्जेन्सी एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने बाटोमै शव राखिएको छ ।

आइतबारदेखि अस्पतालमा सरसफाइ अभियान शुरु भएकाले अस्पतालको माथिल्लो तलाहरूमा जानका लागि पनि सोही बाटो प्रयोग गरिएको छ । वीर अस्पतालमा उपचारका लागि आउने सयौं बिरामीहरू अहिले त्यही बाटो हिँडिरहेका छन् ।

बिरामीहरू आवतजावत गरिरहेको अस्पतालको भर्‍याङको छेउमा सेतो कपडाले बेरेर शव राखिएको छ । शवलाई कपडाले त बेरिएको छ, तर राम्रोसँग नछोपिँदा टाउको नै देखिन्छ ।

ढोकैमा शव राख्दा अस्पतालमा आउने बिरामीमा पर्न सक्ने मानसिक र शारीरिक असरको ख्याल अस्पतालले गरेको देखिँदैन ।

यसबारे अस्पताल प्रशासनसँग प्रश्न गर्दा ठाउँ नभएको भन्दै पन्छिन्छन् । अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा भोलाराम श्रेष्ठले सो शव बेवारिसे रहेको र अन्यत्र राख्ने ठाउँ नहुँदा त्यहीँ राखेको बताए ।

‘शव भएको बाटो हिँड्दा तुरुन्तै इन्फेक्सन भइहाल्दैन, शवलाई छोयो भने मात्र संक्रमणको डर हुने हो,’ उनले भने, ‘शव गृह नै छैन त कहाँ राख्नु ? यहाँ जिउँदो बिरामी राख्ने ठाउँ त छैन ।’

ती व्यक्तिलाई बिरामी अवस्थामा बुधबार दिउँसो दुईजना व्यक्तिले वीर अस्पतालको आकस्मिक कक्षमा ल्याएर छाडिदिएको श्रेष्ठले जानकारी दिए । अस्पतालमा वेबारिसे बनेका उनको कलेजोमा देखिएको समस्याका कारण बुधबार साँझ मृत्यु भएको श्रेष्ठले बताए ।

प्रहरीका अनुसार शवको सनाखत त भएको छ, तर लिन कोही आएको छैन । शव विराटनगरका राजकुमार महर्जनको रहेको अस्पतालमा खटिएका प्रहरी इञ्चार्ज वीरेन्द्र खनालले जानकारी दिए ।

उनले भने, ‘हामीले अनुसन्धान गरीरहेका छौं । मृतकका ज्वाइँसँग सम्पर्क भएको छ, उनकी श्रीमती पनि रहेको खबर पाएका छौं, उहाँहरू आएपछि प्रक्रिया पूरा गरेर शव जिम्मा लगाउँछौं ।’

अस्पतालमा आउने अघिकांश बेवारिसे बिरामीको मृत्यु

वीर अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख डा। श्रेष्ठले वीर अस्पतालमा आउने अधिकांश बेवारिसे बिरामीको मृत्यु हुने गरेको बताए । दैनिक दुई–तीनजना बेवारिसे बिरामी नटुट्ने वीरमा आफन्त नभएपछि राम्रोसँग हेरचाह नहुँदा मृत्यु हुने गरेको उनको भनाइ छ ।

‘बेवासिरे बिरामीको उपचारका लागि भनेर हामीसँग छुट्टै बजेट छैन, अस्पतालमा भएको सेवा त निःशुल्क गर्छौं, तर बाहिरबाट औषधि ल्याइदिनुपर्‍यो भने कसले ल्याइदिन्छ रु’ उनले प्रश्न गरे ।

अधिकांश बेवारिसे बिरामी आफन्तले नै छाडेर हिँडेकाहरू छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sagar Rai

    fucking beach.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?