लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र

सारांश

  • काठमाडौँ, ४ जेठ ।
  •   गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।
  • निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बिहिबार बिभिन्न मन्त्रालयका पदाधिकारी सहितको बैठकमा गृहमन्त्रीले यस्तो सूचि बनाउन निर्देशन दिएका थिए ।

काठमाडौँ, ४ जेठ ।  गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरु पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बिहिबार बिभिन्न मन्त्रालयका पदाधिकारी सहितको बैठकमा गृहमन्त्रीले यस्तो सूचि बनाउन निर्देशन दिएका थिए ।

गृहमन्त्री थापाको निर्देशन अनुसार विहिबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुलाई पठाएको परिपत्रमा भनिएको छ, ‘‘ जिल्लास्तरमा सञ्चालित विकास निर्माण , सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ता भित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने । ’’

गृहमन्त्रालयले यस्तो सूचि आईसकेपछि उनिहरुमाथि कारवाही गर्ने तयारी गरेको छ । गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसिमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधीमा काम सम्पन्न नगरे पक्राउ गर्न बिहिबारको बैठकमा निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
पार्टी राजनीति र राजनीतिक आडमा चल्ने कानुन …
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु
1xBet Azerbaycan Qeydiyyat Mobi AZ Yukle Elaqe Nomresi 61 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता, के भयाे कुराकानी ?
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता, के भयाे कुराकानी ?
‘कदम’मा राउटे समुदायका कुरा
‘कदम’मा राउटे समुदायका कुरा

तपाईंले छुटाउनुभयो कि?