मुख्यमन्त्री पोख्रेलसँग दाङको विकास, समृद्धि, अवसर र चुनौतीबारे प्रत्यक्ष मन्थन
सारांश
- काठमाडौं, ९ चैत ।
- पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलसँग प्रत्यक्षरुपमा दाङको विकास, समृद्धि, अवसर र चुनौतीको विषयमा मन्थन हुने भएको छ ।
- नागरिक समाज दाङले यो मेसो मिलाएको हो ।
काठमाडौं, ९ चैत । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलसँग प्रत्यक्षरुपमा दाङको विकास, समृद्धि, अवसर र चुनौतीको विषयमा मन्थन हुने भएको छ । नागरिक समाज दाङले यो मेसो मिलाएको हो ।
“दाङको विकास र समृद्धि ः अवसर र चुनौती” विषयमा मुख्यमन्त्री पोख्रेलकै प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुन थालेको अध्यक्ष चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भोलि चैत १० गते घोराहीको होटल सिटी प्लाजामा दिउँसो १ बजेदेखि हुने उक्त कार्यक्रममा प्रत्यक्ष र सक्रिय सहभागिताका लागि नागरिक समाज दाङले सबै पक्षसँग अनुरोध गरेको छ ।
नागरिक समाज दाङले स्थापनाकालदेखि नै नागरिक सरोकारका विभिन्न विषय एवं पक्षमा वकालत एवं खबरदारी गर्दै आएको छ । नागरिक समाजले समसामयिक विभिन्न विषयमा बहस, छलफल, अन्र्तक्रिया र खबरदारीकालागि ¥याली, धर्ना, ध्यानाकर्षणपत्र, सम्बद्ध निकायसँग डेलिगेसन र प्रेस विज्ञप्ति प्रकाशनजस्ता गतिविधिमार्फत आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया