वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०८०
|
|
२६ पटक हेरिएको
Shares
वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् ।
  • पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए ।

राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताए । अहिलेको सङ्कटलाई सामना गर्ने वैचारिक सामथ्र्य आफ्नो पार्टीसँग रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले भने, “वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।”

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याए । राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उनको भनाइ थियो ।

भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भने, “सहि राजनीतिक कार्यदिशाको खाँचो छ ।” उनले विद्रोहबाट जन्मेको आफ्नो पार्टी सङ्गठनात्मकरुपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक विकास क्रमको उच्चत्तम उपलब्धि भएको बताउँदै यसको विकल्प खोज्न नहुने बताए । उनले वैचारिक रुपमा निकट रहेका शक्तिलाई एकीकृत गरी सङ्गठनात्मक रुपले शक्तिशाली पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।

यही पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव सङ्कलन गरी मस्यौदामा छलफल गरिनेछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा सङ्गठन सुदृढीकरण रणनीति तय गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो
अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो
महराले पोलिग्राफ टेष्ट गर्न मानेनन्, फरेन्सिक रिपोर्ट आज बुझाइदै
महराले पोलिग्राफ टेष्ट गर्न मानेनन्, फरेन्सिक रिपोर्ट आज बुझाइदै
६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण
६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
सडक र पुलको निर्माण ढलासुस्ती भएपछि रेडफोर्सको आँखा, के हो रेडफोर्स ?
सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से आरोहण शुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा
अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा

तपाईंले छुटाउनुभयो कि?