बालुवाढुंगा निकालेर छोडिएको खाल्डोमा डुबेर किशोरीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • शिखरन्युज, २७ जेठ – महोत्तरी जिल्लामा बालुवाढुंगा निकालेर छोडिएको खाल्डोको पानीमा डुबेर ८ कक्षामा पढ्ने एक किशोरीको ज्यान गएको छ ।
  • महोत्तरीमा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा परेर बर्षेनी ज्यान जाने गरेको छ ।
  • हिजो शनिबार बर्दिवास खयरमाराकी १६ वर्षीया सुस्मा थिङ्को खाल्डोमा डुब्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

शिखरन्युज, २७ जेठ – महोत्तरी जिल्लामा बालुवाढुंगा निकालेर छोडिएको खाल्डोको पानीमा डुबेर ८ कक्षामा पढ्ने एक किशोरीको ज्यान गएको छ । महोत्तरीमा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा परेर बर्षेनी ज्यान जाने गरेको छ ।

हिजो शनिबार बर्दिवास खयरमाराकी १६ वर्षीया सुस्मा थिङ्को खाल्डोमा डुब्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

मेसिनले बालुवाढुङ्गा निकालेर छोडिएको खाल्डोमा पानी भरिएको थियो । दिउँसो साथीहरुसँग गाईवस्तु चराउन गएकी सुस्मा पानीले खाल्डोमा परी डुबेकी थिइन् ।

उनी डुब्नासाथ हल्ला भएको थियो । उनलाई निकालेर बर्दिवास अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषण गरेका थिए । सुस्मा बर्दिवासको लक्ष्मीनारायण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?