लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

सारांश

  • दाङ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै छन्।
  • नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन्।

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिँदै छन्। नेकपा माओवादी केन्द्र लगायतका दलले गत १२ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन्।

सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ। सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ।

एमाले संसदीय दलको बैठकमा संसदमा विश्वासको मत लिने र संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनको लागि पहल लिने बारेमा समेत छलफल गरेको छ।

लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्। ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। मुख्यमन्त्रीको पक्षमा ३३ मत मात्रै देखिन्छ। जसले गर्दा संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढल्ने निश्चित छ।

त्यसपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा सरकार बनाउने दाउमा एमाले छ। तर, अन्य राजनीतिक दलहरुले भने संविधानको धारा १६८ को २ बमोजिमनै सरकार बनाउनेगरी गृहकार्य थालेका छन्।

प्रदेशसभाको बैठक आज बिहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। मुख्यमन्त्री गिरीले गत माघको ५ गते विश्वासको मत लिएका थिए। गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतार नाकाबन्दीको एक वर्ष
कतार नाकाबन्दीको एक वर्ष
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक
बझाङको चुनावी एजेन्डा : भारत र चीन जोड्ने ताक्लाकोट सडक
विकासको ‘गोलचक्कर’ : त्यसलाई कसरी तोड्ने ?
विकासको ‘गोलचक्कर’ : त्यसलाई कसरी तोड्ने ?
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

तपाईंले छुटाउनुभयो कि?