प्रदेश २ मा चार मन्त्री बर्खास्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २४, २०७८
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश २ मा चार मन्त्री बर्खास्त

सारांश

  • प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ ।
  • भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
  • मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।

प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्। प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किशोर साहलाई सामाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
जनहितमा काम गर्न एमालेका मन्त्रीहरुलाई अध्यक्ष ओलीको निर्देशन
ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता
ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
शौचालयभित्र जलेर लक्ष्मीचन्द्र उपाध्यायको मृत्यु
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
सत्यदेवीका अंग पतन भएको जस्तै कांग्रेस कुहिँदै गयो झर्दै गयो ;ओली
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ

तपाईंले छुटाउनुभयो कि?