विधानअनुसार पार्टी चल्न नसक्दा राम्रो नतिजा आएन : नेता सिंह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, पुस ६ ।
  • नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकिएको बताएका छन् ।
  • नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँले प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा विजयी आफूलाई यहाँ आज ‘बधाई तथा सम्मान’ दिन राखेको कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताए ।

काठमाडौँ, पुस ६ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकिएको बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँले प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा विजयी आफूलाई यहाँ आज ‘बधाई तथा सम्मान’ दिन राखेको कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताए ।

पूर्वमहामन्त्री सिंहले जनतालाई पार्टी मन परे पनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको विचार व्यक्त गर्दै भने, “पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टीमा सुधार आवश्यक छ ।” पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले काँग्रेस मजदुरको जगमा उभिएको पार्टी भएकाले मजदुरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्नेमा जोड दिए । ट्रेड युनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले श्रमिकको अधिकार स्थापना गर्नका लागि आफूहरु सधैँ क्रियाशील रहेको र संस्थालाई पनि पार्टीको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Hira Pahadi

    Good.

    Comment Author

    Ganesh Sastri

    सत्तामा बसेर भत्ताकाे नराम्राे असर मर्कामा परेका जनताले पुर्याए सहि ठाउमा

    Comment Author

    Prem Kumal

    Ramro manx la kayana murgi ra raksi

    Comment Author

    Prem Kumal

    Tai vayara harako

    Comment Author

    यात्रा रहेछ जिन्दगी

    Yo kun dhobay ho

    Comment Author

    Kanchha Himdung Tmg

    Des lutna pae aru k chahiyota aba arko chunabma 1 sit auna gaharo hola.

    Comment Author

    Narayan Dumrakoti

    सबै भरस्ट्चारी जम्म भएको पाटी हो कङ्रेश अनि कसरी जित हुन्छ र आउँछ राम्रो नतिजा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?