प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
सारांश
- अस्बिन खड्का, १० असार।
- महोत्तरीका चार विद्यालयमा मैथिली शिक्षाको पढाइ सुरु भएको छ ।
- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले महोत्तरी जिल्लाको चार वटा विद्यालयमा मातृभाषा अन्तर्गत मैथिली शिक्षाको अध्ययन शुभारम्भ गरेका छन्।
अस्बिन खड्का, १० असार। महोत्तरीका चार विद्यालयमा मैथिली शिक्षाको पढाइ सुरु भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले महोत्तरी जिल्लाको चार वटा विद्यालयमा मातृभाषा अन्तर्गत मैथिली शिक्षाको अध्ययन शुभारम्भ गरेका छन्।
शनिबार मन्त्री पोखरेलले श्री माध्यमिक विद्यालय बखरीभाठ, जिवन माध्यम आधारभूत विद्यालय अंकार, राष्ट्रिय आधारभूत विद्यालय बेला र नेपाल राष्ट्रिय आधारभूत विद्यालय महादेवपट्टिमा मातृभाषा मैथिली शिक्षाको शुभारम्भ गरेका हुन्।
मन्त्री पोखरेलले ती चारवटै विद्यालयमा विद्यार्थीको लागि १ सय पूर्णाङ्कको मातृभाषाको मैथिली शिक्षा लागु भएको घोषणा गर्दै सबै विद्यालयमा मैथिली शिक्षाको किताब समेत वितरण गरेका थिए।
चारवटै विद्यालयको प्राथमिक तहमा अहिले मातृभाषा शिक्षाको रुपमा मैथिली शिक्षा लागू गरिएको भएपनि विस्तारै प्रत्येक तहमा मैथिली शिक्षा लागू हुने मन्त्री पोखरेलले बताए।
प्रतिक्रिया