सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२० पटक हेरिएको
Shares
सिरहाः दुर्घटनामा परी तीनजनाकाे मृत्यु !

सारांश

  • लहान, ११ भदौ ।
  • सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लहान, ११ भदौ । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ । गोलबजार नगरपालिका–४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका–६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते महतोलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढी नगरपालिका–८ गागन खोला पुलमा ज८प २१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय २२ वर्षीय गोविन्द ठाकुरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई पनि उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । त्यस्तै सिरहा नगरपालिका–७ मैसोथामा माछा पोखरीमा डुबेर स्थानीय ५० वर्षीय हितलाल मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?