विवाह गरेको १५ मिनेटमै सम्बन्ध बिच्छेद

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
२० पटक हेरिएको
Shares
विवाह गरेको १५ मिनेटमै सम्बन्ध बिच्छेद

सारांश

  • पूर्वीय समाजमा विवाहको विशेष महत्व छ ।
  • यो मृत्यु पर्यन्त रहने सम्बन्धको रुपमा अभ्यास हुने गरेको छ ।
  • तर एक जोडीको १५ मिनेटमा नै विवाह टुटेको छ ।

पूर्वीय समाजमा विवाहको विशेष महत्व छ । यो मृत्यु पर्यन्त रहने सम्बन्धको रुपमा अभ्यास हुने गरेको छ । तर एक जोडीको १५ मिनेटमा नै विवाह टुटेको छ । वास्तवमा दुबईमा भएको एक विवाहको बारेमा हाल निकै चर्चा भएको छ, जहाँ विवाह भएको १५ मिनेटमा सम्बन्ध टुटेको छ ।

विवाह तय भएपछि दुलाहा र दुलहीको पिताको बीचमा पैसालाई लिएर एक सम्झौता भएको थियो । विवाह पछि दुलाहा पक्षलाई दुलही पक्षले एक लाख दिरहम दिने बाचा गरेका थिए । दुलाहाले केटीको बाबुसँग रकम किस्तामा मागेका थिए । विवाहको दिन ५० हजार र बाकी विवाह पछि दिने भनिएको थियो ।

समाचार एजेन्सीका अनुसार केटालाई कटीको बाबुले पहिलो किस्ता अदालतमा नै दिएका थिए । तर विवाह पछि सबै परिवारको साथमा केटीको बाबुले दुलाहासँग बाहिर निस्किएर ५० हजार दिरहम मागे । दुलाहाले आफुले पैसा कार भित्र राखेको बताउँदै केहि समयमा दिन्छु भने । केटीका बाबुले दुलाहाकोे कुरा नसुनी एकोहोरो अहिल्यै नै चाहियो भन्न थाले ।

केटीको बाबुको यस्तो कुरा सुनेर दुलाहा तुरुन्त अदालतमा पुगे । वकिलसँग कुुरा गरेर भर्खर विवाह भएको पत्नीसँग सम्बन्ध विच्छेद गरे । दुलाहार्ला सबैले सम्झाउन धेरै कोशिश गरेपनि दुलाहा मानेनन्, उनले आफ्नो बेइज्यत भैसकेको भन्दै फेरी विवाह गरेर दोस्रो पटक गल्ती नगर्ने अडि कसे ।

यो विवाहलाई मानिसहरुले धेरै दुष्टिकोणबाट हेरेका छन् कसैले त यो दुनियाकै सबैभन्दा छोटो भएको दाबी गरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
सुरु भयो डीआइजीहरुको सरुवा चलखेल : दुई भाइको भिडन्त !!
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस
नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस
सुन तस्करी प्रकरण: समितिको म्याद थपिने, यि ‘ठुला माछा’ जालमा पर्दै
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
 सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति
 सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
यि हुन फोरमबाट मन्त्री हुने २ जना !
यि हुन फोरमबाट मन्त्री हुने २ जना !
ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै
ऐतिहासिक हातहतियार हराउँदा अमरगढी किल्लाको महत्व घट्दै
करिब एक हजार शिक्षकको जागिर अन्योलमा !
करिब एक हजार शिक्षकको जागिर अन्योलमा !

तपाईंले छुटाउनुभयो कि?