लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
सारांश
- काठमाडौं, २८ असार – हिजोदेखि लगातार पानी परेका कारण विभिन्न ठाउँमा डुबान र पहिरोेले जनजीवन प्रभावित बनेको छ ।
- बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ ।
- विभिन्न पहिरोले बाटो ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।
काठमाडौं, २८ असार – हिजोदेखि लगातार पानी परेका कारण विभिन्न ठाउँमा डुबान र पहिरोेले जनजीवन प्रभावित बनेको छ ।
बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । विभिन्न पहिरोले बाटो ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । कतिपय ठाउँमा बाढीले वस्ती डुबाएको छ । यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।
लगातारको पानीले बाढीले भक्तपुर डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा डुबानमा परेको हो । डुबान क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालित छन् ।
काभ्रेको बनेपामा रातिदेखि परेको पानीका कारण पुन्यमति खोलाको बाढी बनेपा बजारमा पस्दा दुई दर्जन घर डुबानमा परेका छन् ।

बनेपाका जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुर अलपत्र परेपछि नेपाली सेनाको टोलीले उद्धार गरेको छ । अरनिको राजमार्गको पलासे खण्डमा पर्ने बाटोमा पहिरो जाँदा गाडीहरु बीचमै रोकिँदा यात्रु अलपत्र छन् । त्यसैगरी बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरोले राजमार्ग अवरुद्ध छ ।
Ganesh Shakya
पानी जहाजको तु आबस्यकता भो उखाने बाजे ।