पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न

Asmita-Newsdesk Asmita-Newsdesk
|
सोमबार, श्रावण ४, २०८३
|
|
१८ पटक हेरिएको
Shares
पुर्वाधार विकासमा नयाँ फड्को: झापाको रतुवा खोलामा अत्याधुनिक ‘ल्याण्डमार्क’ पुलको ५० प्रतिशत काम सम्पन्न

सारांश

  • नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ आयाम थप्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको रतुवा खोलामा निर्माणाधीन कलात्मक र आधुनिक ‘ल्याण्डमार्क’ पुलको भौतिक प्रगति आधाभन्दा बढी सम्पन्न भएको छ ।
  • काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतीका अनुसार पाँच सय पचासी मिटर लामो र साढे १६ मिटर चौडा यस पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सकिएको छ ।
  • दक्षिण कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ को अत्याधुनिक आर्च स्टिल ट्रस डिजाइनमा आधारित यो बहुप्रतीक्षित पुल आगामी सन् २०२७ को फेब्रुअरी २ सम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ आयाम थप्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको रतुवा खोलामा निर्माणाधीन कलात्मक र आधुनिक ‘ल्याण्डमार्क’ पुलको भौतिक प्रगति आधाभन्दा बढी सम्पन्न भएको छ ।

काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतीका अनुसार पाँच सय पचासी मिटर लामो र साढे १६ मिटर चौडा यस पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सकिएको छ । दक्षिण कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ को अत्याधुनिक आर्च स्टिल ट्रस डिजाइनमा आधारित यो बहुप्रतीक्षित पुल आगामी सन् २०२७ को फेब्रुअरी २ सम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

नेपालमै पहिलो पटक उच्च प्रविधियुक्त ग्याल्भेनाइजेसन ट्याङ्क निर्माण गरी पुलका फलामका संरचनालाई खिया नलाग्ने बनाउन मोरङको उर्लाबारीमा विशेष यार्ड खडा गरिएको छ । चीनबाट आयातित उच्च गुणस्तरको स्टिल र चिनियाँ प्राविधिकको सहयोगमा सीएनसी मेसिनमार्फत कम्प्युटराइज्ड कटिङ र वेल्डिङ भइरहेको यस पुलमा डबल लेनसँगै सर्भिस लेन र फुटपाथको समेत सुविधा रहनेछ ।

 कोबेक, सीआरइजिसी र तुँदी जेभीले साढे पाँच अर्ब रुपैयाँको कुल लागतमा लोहेन्द्र, बक्रा र रतुवा खोलाका तीन पुल समेटेर यो प्याकेज अन्तर्गत रतुवाको कामलाई तीव्रता दिएका हुन् । वर्षामा ढुवानीका केही अवरोध भए पनि विद्युतीय तार स्थानान्तरण जस्ता समन्वयका काम सकिएका छन् ।

करिब ८० वर्ष आयु रहने प्रक्षेपण गरिएको यो नयाँ कलात्मक पुलले आगामी ५० वर्षसम्मको सवारी चापलाई सहजै थेग्ने प्राविधिकहरूको दाबी छ । हाल सञ्चालनमा रहेको पाँच दशक पुरानो जीर्ण पुलको विकल्पमा यो संरचना तयार भएसँगै पूर्व–पश्चिम राजमार्गमा यात्रा थप सहज, सुरक्षित र भरपर्दो हुनुका साथै नेपालको आर्थिक गतिविधिमा समेत महत्त्वपूर्ण टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?