लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र

सारांश

  • काठमाडौं, २८ असार – हिजोदेखि लगातार पानी परेका कारण विभिन्न ठाउँमा डुबान र पहिरोेले जनजीवन प्रभावित बनेको छ ।
  • बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ ।
  • विभिन्न पहिरोले बाटो ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।

काठमाडौं, २८ असार – हिजोदेखि लगातार पानी परेका कारण विभिन्न ठाउँमा डुबान र पहिरोेले जनजीवन प्रभावित बनेको छ ।

बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । विभिन्न पहिरोले बाटो ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । कतिपय ठाउँमा बाढीले वस्ती डुबाएको छ । यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।

लगातारको पानीले बाढीले भक्तपुर डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा डुबानमा परेको हो । डुबान क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालित छन् ।
काभ्रेको बनेपामा रातिदेखि परेको पानीका कारण पुन्यमति खोलाको बाढी बनेपा बजारमा पस्दा दुई दर्जन घर डुबानमा परेका छन् ।

बनेपाका जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुर अलपत्र परेपछि नेपाली सेनाको टोलीले उद्धार गरेको छ । अरनिको राजमार्गको पलासे खण्डमा पर्ने बाटोमा पहिरो जाँदा गाडीहरु बीचमै रोकिँदा यात्रु अलपत्र छन् । त्यसैगरी बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरोले राजमार्ग अवरुद्ध छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    पानी जहाजको तु आबस्यकता भो उखाने बाजे ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको कर विवादः मुद्दा स्थगितको सूचीमा
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
भदौ १ देखि हवाइ उडान सुचारु हुने
भदौ १ देखि हवाइ उडान सुचारु हुने
अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला
अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला
निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना
निजामती कर्मचारीको निर्वाचन गर्न कार्यालय स्थापना
फोरम नेपाललाइ हराउन राजपाले चुनाबमा भाग नलिएको ठूलो खतर्नाक खुलाशा, !
कोरियाली कम्पनीले काठमाडौँ-तराई द्रुतमार्गको प्रतिवेदन बनाउने
विराटनगरमा  ऐतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोन समेत प्रयोगमा
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको सुरक्षामा ड्रोन समेत प्रयोगमा
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी