सरकारद्वारा राहत प्याकेज घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १९, २०७७
|
|
३८ पटक हेरिएको
Shares
सरकारद्वारा राहत प्याकेज घोषणा

सारांश

  • सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
  • यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई स्थानीय स्तरमा विकास निर्माणका कार्यमा लगाइने भएको छ ।
  • मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई स्थानीय स्तरमा विकास निर्माणका कार्यमा लगाइने भएको छ । मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित उद्योग, व्यवसाय, क्षेत्र र आम नागरिकका लागि सरकारले तत्कालीन राहतका विभिन्न कार्यक्रम ल्याएको जानकारी दिएका छन् । प्रवक्ता डा. खतिवडाका अनुसार सरकारले सार्वजनिक खरिद (दसौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गरेको छ ।

२०७६ साल जेठ २३ पछि २०७७ वैशाख १४ सम्म ठेक्का सम्झौता भई काम अगाडि बढेका तर सम्पन्न हुन नसकेका आयोजनालाई एक वर्षसम्म सम्झौता विस्तार गर्न सकिनेगरी नियमावलीमा संशोधन गरिएको छ । त्यस्ता आयोजनाले २१ दिनभित्र म्याद थपको निवेदन दिएका आयोजनाको कार्यप्रगतिको आधारमा एक वर्षको सम्झौता विस्तार गर्न सकिने जनाइएको छ । श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापन सहज बनाउनसमेत सरकारले राहत प्याकेज घोषणा गरेको छ । यस्तै उद्योग व्यवसायको संरक्षणका लागि सरकारले यसअघि कार्यान्वयन गरेको राहत, करछुट तथा सुविधालाई लकडाउनको अवधि बढ्दै गएकाले पुनरावलोकनसहित थप कार्यक्रम घोषणा गरेको छ । यसअघि चैत १६ मा सरकारले प्रारम्भिक राहत प्याकेज घोषणा गरेको थियो । (गोरखापत्रबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम
वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम
खरेलले मेरो चरित्र हत्या गर्न खोजेः वामदेव गाैतम
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय
धार्मिक सद्भावका लागि मन्त्रीको उदाहरणीय काम
धार्मिक सद्भावका लागि मन्त्रीको उदाहरणीय काम
पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी
पोखरा पहिरोमा पुरिएका सातमध्ये पाँच जनाको सामुहिक अन्त्येष्टी
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
सुनकोसीमा मरे ५० बाख्रा
सुनकोसीमा मरे ५० बाख्रा
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित