ओली र दाहालबीच भेटवार्ता, के कुरा भयो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
ओली र दाहालबीच भेटवार्ता, के कुरा भयो ?

सारांश

  • काठमाडौं, ७ चैत्र ।
  • प्रधानमन्त्री एवम् नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अध्यक्षद्धयबीचको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे कुरा भएको बुझिएको छ ।

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री एवम् नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अध्यक्षद्धयबीचको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे कुरा भएको बुझिएको छ । अध्यक्ष दाहालनिकट स्रोतले दिएको जानकारीअनुसार ओली र दाहालबीचको आजको भेटमा कोरोना भाइरसको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नुपर्ने कुरा भएको छ ।

अध्यक्ष दाहाल आफैंले पनि महत्वपूर्ण र अत्यावश्यक कामबाहेक सबै भेटवार्ता स्थगित् गरेका छन् । एक किसिमले दाहाल सेल्फ क्वारेन्टाईनमा बसेका छन् । हुन त अध्यक्षद्धयबीच उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजानेबारे पनि छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?