प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने

सारांश

  • अस्बिन खड्का उदयपुर, ८ साउन ।
  • प्रदेश २ को सरकारमा राष्ट्रिय जनता पार्टीले आफ्ना तीन जना राज्यमन्त्रीहरुलाई सहभागी गराउने निर्णय गरेको छ ।
  • अब मन्त्रिपरिषद्को संख्या १३ सदस्य पुग्ने छ ।

अस्बिन खड्का

उदयपुर, ८ साउन । प्रदेश २ को सरकारमा राष्ट्रिय जनता पार्टीले आफ्ना तीन जना राज्यमन्त्रीहरुलाई सहभागी गराउने निर्णय गरेको छ । अब मन्त्रिपरिषद्को संख्या १३ सदस्य पुग्ने छ ।

अध्यक्ष मण्डलको निर्णयले ३ राज्यमन्त्रीहरुको नाम टुंगो लगाइएको हो । नयाँ मन्त्रिपरिषद्मा उद्योग राज्यमन्त्री सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पल झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माको नाम टुंगो लागेको हो । प्रदेश २ मा फोरम–राजपा गठबन्धनको नेतृत्वमा बनेको सरकारले करिब ६ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रीहरुको सपथग्रहण बुधबार हुनेछ ।

(www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?