सिमेन्टमा उत्पादनमा नेपाल आत्मनिर्भर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सिमेन्टमा उत्पादनमा नेपाल आत्मनिर्भर

सारांश

  • काठमाडौंँ,१८ माघ ।
  • नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ ।
  • रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।

काठमाडौंँ,१८ माघ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।

निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भन्नुभयो ।

सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष थापाले नेपालमा गएको वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “उत्पादन क्षमता भने एक करोड ३० लाख टन रहेको छ तर विभिन्न कारणले केही विदेशी उद्योगीका सिमेन्ट गुणस्तरका लागि पाँच प्रतिशत मात्रै गत वर्ष आयात भएको थियो ।” अबदेखि त्यो पनि आयात नहुने बताइएको छ ।

आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६÷७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ ।

विश्वमै महँगो उत्पादनका रूपमा नेपालको सिमेन्ट रहेको बताइएको छ । आगामी वर्ष एक करोड १० लाख टन माग हुने र उत्पादन भने एक करोड ७० लाख टनमा पुग्ने अनुमान गरिएको छ । “त्यसैले अब निर्याततर्फ हामी जानै पर्छ”, सङ्घका महानिर्देशक गोकुल धितालले भन्नुभयो । विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेको । सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको थापाले जानकारी दिनुभयो ।

नेपालमा चुन भण्डार प्रशस्त रहेको छ । सरकार परिवर्तन भएसँगै नीतिमा आउने परिवर्तन, श्रम कानूनमा देखिएको समस्या विदेशी जनशक्ति ल्याउनुपर्ने अवस्था, खानी तथा वनसँग हुने समस्या स्थानीय तह र प्रदेशले पनि करमा हिस्सा खोज्नेलगायत समस्या रहेको व्यवसायीले बताएका छन् । नेपालमा कच्चापदार्थ र कोइला नहुँदा पनि ठूलो समस्या छ ।

व्यवसायीले विदेशी उद्योगीलाई प्रोत्साहनभन्दा नेपाली उद्योगलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपालमा ९२७ गुणस्तर स्वीकृत भएका उद्योगमध्ये ३७० ले अनुमति प्राप्त गरिसकेको जानकारी दिनुभयो । नेपालमा नमूना सङ्कलन गरिएका सिमेन्ट उद्योगमध्ये कम मात्रैमा समस्या रहेको भन्दै उहाँले पछिल्लो समयमा आधुनिक प्रविधिको प्रयोगका कारण नेपाली सिमेन्ट गुणस्तरयुक्त रहेको बताउनुभयो ।

हालसम्म नेपालमा ६९ वटा उद्योगले गुणस्तर प्राप्त गरिसकेको उहाँको भनाइ थियो । कूल १३४ ले लाइसेन्स प्राप्त गरेको पुडासैनीले जानकारी दिनुभयो । नेपालमा पूरा क्षमतामा चल्ने हो भने नेपाली सिमेन्टको बजार रु २५० अर्बको रहेको उहाँको भनाइ थियो ।

खानी तथा भूगर्भ विभागका इञ्जिनीयर जयराज घिमिरेले नेपालमा चुनखानीको प्रवद्र्धन कार्यक्रम गर्ने कार्यक्रम शुरु गरेको जानकारी दिँदै १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतका ऐन कानून तत्कालै हटाउन नसकिने भएकाले परिवर्तन हुने चरणमा रहेको भन्दै उद्योगलाई कसरी विकास गर्न सकिन्छ भनेर सरकार लागि परेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सहकार्य गरौँ कहाँ कहाँ समस्या छ, छलफल गरौँ, सरकरको उद्देश्य भनेकै उद्योगको विकास गरी आर्थिक समृद्धि ल्याउने हो ।” उद्योगको विकास नगरी र निजी क्षेत्रसँग सहकार्य नगरी समृद्धि नआउने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
मुगाबे सत्ताच्यूत भएपछि जिम्बाबेमा पहिलो पटक मतदान !
मुगाबे सत्ताच्यूत भएपछि जिम्बाबेमा पहिलो पटक मतदान !
उपत्यकामा एकैदिन ६३७ जनामा कोरोना संक्रमण
सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
अतिक्रमणको जोखिममा सिमसार क्षेत्र
अतिक्रमणको जोखिममा सिमसार क्षेत्र
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन

तपाईंले छुटाउनुभयो कि?