हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते

सारांश

  • पाल्पा, १९ भदौ ।
  • रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।
  • रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

पाल्पा, १९ भदौ । रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।

रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

स्थानीयको भिडको ढुङ्गा हानाहान र प्रहरीको लाठी चार्जबाट तीनजना प्रहरी जवान र केही व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ । प्रहरीका अनुसार झडपमा के कति व्यक्ति घाइते भए भन्ने एकिन विवरण नआएको बताइएको छ ।

हत्यामा संलग्न कपिलवस्तु हथौसा–२ मैरि बस्ने २९ वर्षीय कृष्णकमल चौधरीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दाले हत्यारा चौधरीको मोटरसाइकल इलाका प्रहरी कार्यालय, रामपुरको परिसरमा जलाइदिएका छन् ।

नेपाली कांग्रेस रामपुर नगरपालिका साविक २ नं वडाका पूर्व वडासचिव ओमबहादुर खाँणलाई शनिवार साँझ खाना खाएर घरको गल्लीमा बसेको बेला एक्कासी धारिलो हतियारले आक्रमण गरी घाइते बनाइएको थियो । धारिलो हतियारबाट घाइते भएका खाँणको उपचारका क्रममा रामपुर अस्पताल ल्याउने क्रममा शनिबार नै बाटोमा मृत्यु भएको हो ।

धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका चौधरीलाई आइतबार बिहान १० बजे रम्भा गाउँपालिका–१ हुँगी असेर्दीमा स्थानीयले फेला पारेपछि हुँगी प्रहरी चौकीलाई बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक रमेशराज पण्डितसहितको टोलीले हत्या भएको घटनाको अनुसन्धान गरेको छ । हत्या भएको स्थान गंगी थापाको घरको गल्लीमा रगतको आहाल देखिएको छ । घटनास्थलमा घरेलु हतियार गैँती र कुटो फेला परेपनि हत्याका क्रममा प्रयोगमा आएजस्तो देखिँदैन ।

हत्याको आशंकामा घरबेटी गंगी थापा, उनकी बहिनी गुनकेशरी दर्लामी र हत्याका आरोपी कृष्णकमल चौधरीकी श्रीमतीलाई इलाका प्रहरी कार्यालय, रामपुरले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

हत्या के कसरी भयो भन्ने बारेमा अहिलेसम्म पूरा विवरण नआएको र यसको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राजु शर्माले जानकारी दिनुभएको छ ।

स्थानीय ज्ञानबहादुर दर्जीका अनुसार गएराति करिब ९ बजेर २० मिनेटको समयमा आफूले एक्कासी छिमेकीको घरमा हल्ला सुनेपछि तत्काल पुग्दा घटना घटिसकेको बताउनुहुन्छ । उहाँले प्रहरीलाई खबर गरी घटनाबारे जानकारी गराएको बताउनुभएको छ ।

यसैगरी, ओमबहादुर खाँणको निर्ममतापूर्वक भएको हत्याको बिरोध गर्दै बेझाड बजार ब्यवस्थापन समिति, रामपुरले दिनभर बेझाड बजारका पसल, व्यापार व्यवसाय बन्द गरायो ।

खाँणको हत्याको बिरोधमा रामपुरका विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य विवरणसहित छिटोभन्दा छिटो दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका कार्यकर्ता तथा हाल ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्था, रामपुरमा कार्यरत खाँणको हत्या धारिलो हतियार प्रयोगबाट भएकोमा हत्याको घोर भत्र्सना गर्दै नेपाल विद्यार्थी संघ, तरुण दल र पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुर पाल्पाले एक प्रेस विज्ञप्तिमार्फत दोषीमाथि कडा कानूनी कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
तीज जाती कि ? झोल पाटी (कविता)
तीज जाती कि ? झोल पाटी (कविता)
महिला हिंसा विरुद्ध खुलेर आवाज उठाउन प्रहरीको आग्रह
महिला हिंसा विरुद्ध खुलेर आवाज उठाउन प्रहरीको आग्रह
एडिबी कन्ट्री पोर्टफोलियो :  विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी
एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी
यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!
यस्तो छ विश्वको पहिलो फोल्ड गर्न मिल्ने फोन, फोल्ड गरेर दुबै भागको स्क्रीन प्रयोग गर्न सकिने !!!
भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत
भक्तपुरको विकासको फड्कोलाई कसैले रोक्न नसक्ने : महेश बस्नेत
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु
काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु
इनरूवामा (ब्राउन सुगर) गिरोह प्रक्राउ,उदयपुर मा समेत निगरानी बढाईयो
इनरूवामा (ब्राउन सुगर) गिरोह प्रक्राउ,उदयपुर मा समेत निगरानी बढाईयो