जुम्ल्याहा बच्चा, तर बाबु फरक फरक रहेको पुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जुम्ल्याहा बच्चा, तर बाबु फरक फरक रहेको पुष्टि

सारांश

  • चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ ।
  • यो घटना चीनको सियामेन सिटीको हो ।
  • डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीको हो । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ ।

यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट मागेपछि यो कुराको खुलासा भएको हो ।

ती महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको डीएनए परीक्षणपछि स्वीकार गरेकी थिइन् ।

यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ । कुनै पनि महिलाले निकै कम समयको बीचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई छुट्टा–छुट्टै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुने विशेषज्ञहरुको निष्कर्ष छ ।

अहिलेसम्म विश्वमा फरक–फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?