मञ्जुश्री फाइनान्सको नाफा ५० प्रतिशतले वृद्धि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मञ्जुश्री फाइनान्सको नाफा ५० प्रतिशतले वृद्धि

सारांश

  • काठमाडौं ।
  • मञ्जुश्री फाइनान्स लिमिटेडले आव २०७४ र ७५ को चौथो त्रैमासमा खुद मुनाफा ९ करोड ७० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ५० दशमलव ८९ प्रतिशतले वृद्धि हो ।
  • अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ६ करोड ४२ लाख रुपैयाँ कमाएको थियो ।

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आव २०७४ र ७५ को चौथो त्रैमासमा खुद मुनाफा ९ करोड ७० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ५० दशमलव ८९ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ६ करोड ४२ लाख रुपैयाँ कमाएको थियो ।

८० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले जगेडाकोषमा १३ करोड ६० लाख रुपैयाँ राखेको छ ।फाइनान्सले निक्षेपमा ६ अर्ब ७ करोड ४० लाख रुपैयाँ संकलन गरी कर्जामा ५ अर्ब १८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानी ३२ दशमलव ९० प्रतिशतले वृद्धि गरी २० करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २७ दशमलव २७ प्रतिशतले वृद्धि गरी १२ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्सको पुँजीकोष अनुपात १६ दशमलव ५० प्रतिशत, निष्कृय कर्जा २ दशमलव ११ प्रतिशत, प्रतिशेयर आम्दानी १२ दशमलव ०६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ७० गुणा, प्रतिशेयर नेटवर्थ १ सय १६ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ३१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?