नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
सारांश
- चितवन ।
- भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले आफ़नो पहिलो निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरशाक्यले मोबाइल किन्ने निर्णय गरेको संदर्भमा रेणुले भने भरतपुर क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने महिलाको ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन् ।
चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले आफ़नो पहिलो निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरशाक्यले मोबाइल किन्ने निर्णय गरेको संदर्भमा रेणुले भने भरतपुर क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने महिलाको ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन् ।
भरतपुर अस्पतालमा औसतमा वार्षिक दुई लाख महिला ओपिडीमा उपचारका लागि आउने गरेको आंकलन छ । अस्पतालले ओपिडी टिकट बापत ३५ रुपैयाँ लिँदै आएको छ ।
निर्णयमा हस्ताक्षर गर्दै मेयर रेणुले महिलाको स्वास्थ्यका समस्यालाई आफूले राम्ररी बुझेको भन्दै महिलालाई उपचारको पहुँचमा ल्याउन ओपिडी टिकट निःशुल्क गरिएको बताइन् । निःशुल्क ओपिडी टिकटका लागि महानगरपालिकाले वर्षिक ६० लाख बजेट छुट्याउने उनको निर्णयमा उल्लेख छ ।
मेयर दाहाल र उपमेयर पार्वती शाहले जेष्ठ नागरिकको ओपिडी टिकटसमेत निःशुल्क गर्ने, महिला र शिशुको स्वास्थ्यलाई लक्षित गर्दै सहरी स्वास्थ्य क्लिनिकको संख्या बढाउने जस्ता निर्णय पनि गरेका छन् ।
उपमयेर शाहले स्वास्थ्यका विज्ञ तथा सरकोकारवालाहरुसँग छलफल गरेर महानगरका नागरिकका लागि लक्षित कार्यक्रम ल्याउने जानकारी दिइन् ।
Photo source: saurahaonline

प्रतिक्रिया