प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३०, २०८१
|
|
३६ पटक हेरिएको
Shares
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ।
  • संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो।

काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो।

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो। निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो।

एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ। स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ।

न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो । संविधान र कानुन अनुसार नियुक्ति नभएको भनेर बारले विरोध जनाएको थियो । त्यसैसँग सम्बन्धित रहेर उजुरी परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता
भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
हरेक नेपालीको टाउकोमा कति ऋण होला ?
हरेक नेपालीको टाउकोमा कति ऋण होला ?
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने
दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने

तपाईंले छुटाउनुभयो कि?