शुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २७, २०७३
|
|
११०४ पटक हेरिएको
Shares
शुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ

सारांश

  • सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।
  • गत विहीबारदेखि प्रतितोला रू.
  • ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आइतबार भने तोलामा ५ सय रुपैयाँ घटेको हो ।

सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । गत विहीबारदेखि प्रतितोला रू.५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आइतबार भने तोलामा ५ सय रुपैयाँ घटेको हो ।

शुक्रबार विहानी सत्रमा अमेरिकाले सिरियाली आकाशमो क्रुज मिसाइल प्रहार गरेपछि बढेको राजनीतिक तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीचको भेट वार्ता पछि सुनको मूल्य बढ्न सहयोग पुगेको थियो । अमेरिका र चीनको व्यापार सम्बन्ध कस्तो हुने हो भन्ने आशंकामा पनि सुनको मूल्य बढ्न सहयोग पुगेको हो । शुक्रबार विहानी सत्रको कारोबारमा सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १ हजार २ सय ६४ अमेरिकी डलर पुगेको थियो । तर, बजार बन्द हुँदा भने मूल्य केही घटेको छ । डलर तुलनात्नामक रुपमा बलियो भएपछि भने सुनको मूल्य वृद्धि केही सुस्तिएको छ । बजार बन्द हुँदा सुनको मूल्य १ हजार २ सय ५७ डलरको हाराहारीमा आइपुगेको छ ।

तर विश्व बजारमा भने सुनको मूल्य ५ महिना यताकै उच्च भएको छ । तीन दिनको लगातारको वृद्धि पछि विहीबार मूल्य घटेको सुन शुक्रबार भने ५ महिनायताकै उच्च भएको छ । भारतीय कमोडिटी बेजारमा विहीबार प्रति १० ग्राम १ सय २५ भारुले घटेर सुनको मूल्य शुक्रबार एकै दिन २९ हजार २ सय ७५ रुपैयाँ पुगेको थियो । अन्तराष्ट्रिय बजारमा सो दिन प्रतिऔंस सुन १ हजार २ सय ५३ अमेरिकी डलर रहेको थियो ।

शनिबार र आइतबार भने अन्तराष्ट्रिय बजारहरु बन्द रहन्छन् । सोमबार विहान ११ बजेसम्म त्यहाको बजारमा मूल्य घटबढ के हुन्छ त्यही आधारमा नेपालमा पनि मूल्य तय गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारीको जिकिर : वाईड बडी प्रकरणमा म दोषी छैन
मन्त्री अधिकारीको जिकिर : वाईड बडी प्रकरणमा म दोषी छैन
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
चैत २३ गते सोमवारको राशिफल यस्तो छ
चैत २३ गते सोमवारको राशिफल यस्तो छ
कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको छः प्रधानमन्त्री अाेली
मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत
मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
रोप्न नपाएपछि कृषक चिन्तित
रोप्न नपाएपछि कृषक चिन्तित
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी

तपाईंले छुटाउनुभयो कि?