करको दर कटौती !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
करको दर कटौती !

सारांश

  • नुवाकोट, १७ साउन ।
  • विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ ।
  • बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो ।

नुवाकोट, १७ साउन । विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको एकीकृत सम्पत्ति करको दरमा कटौती गरेको हो । सम्पत्तिको मूल्यांकन बढेकाले करको दरमा वृद्धि हुन आएकाले दरलाई समायोजन गरी स्थानीय राजपत्रमा प्रकाशित गरिएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताए ।

विसं २०७१ मा तत्कालीन नगरपरिषद्ले पारित गरेको एकीकृत सम्पत्ति करको दरलाई अहिले कार्यान्वयन गर्ने तयारी गरेपछि कर फिर्ताको माग गर्दैै विरोध भएको थियो । नगरक्षेत्रको सम्पत्तिको मूल्यांकन वृद्धि भएकाले पुरानो करको दरलाई संशोधन गरी घटाएको पण्डितले बताए ।

सम्पत्तिको मूल्यांकन घटाउँदा नागरिकले पाउने सुविधामा प्रभाव पर्ने भन्दै सम्पत्तिको मूल्यांकन पहिलेकै कायम गरी तिर्नुपर्ने करको दरमा परिवर्तन गरिएको विदुर नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताए । यसअघि रु २०० देखि रु ५० हजारसम्म एकीकृत सम्पत्ति कर नगरपालिकालाई बुझाउनु पर्ने दर राखिएको थियो । परिवर्तित दरअनुसार अब रु २०० देखि रु १५ हजारसम्म मात्र कायम गरिएको छ । सबैभन्दा कम रु एक लाख देखि रु पाँच लाखसम्म सम्पत्तिको मूल्यांकन भएका नागरिकले वार्षिक रु २०० कर तिर्नुपर्छ भने सबैभन्दा बढी रु चार करोडदेखि रु पाँच करोडसम्म सम्पत्तिको मूल्यांकन भएकाले रु १५ हजार कर तिर्नुपर्ने छ ।

यस्तै रु पाँच करोडभन्दा माथि सम्पत्ति मूल्यांकन भएकाको हकमा प्रतिहजारमा ५० पैसा कर कायम गरिएको रिमालले बताए। एकीकृत सम्पत्ति करमाफर्त सबै नगरवासीलाई करको दायरामा समेट्न पहिलेको दरलाई समायोजन गरिएको हो । चालू आवदेखि लागू हुने करमा एकीकृत सम्पत्ति करसहित, ढुंगा, गिट्टी बालुवा, माटोलगायत कर पनि समेटिएको छ । विदुर नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनमा होटेल, घर निर्माण, नक्सापासलगायत विविध कर समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
तालीम नलिई विदेश जाँदा न्यून तलब
तालीम नलिई विदेश जाँदा न्यून तलब
तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने
तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
होलीमा खुलेकी साम्राज्ञी (फोटोफिचर)
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन
१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन
बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी
बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

तपाईंले छुटाउनुभयो कि?