तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने

सारांश

  • न्युयोर्क, ८ असोज ।
  • तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ ।
  • मनोनीत हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् ।

न्युयोर्क, ८ असोज । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनीत हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् ।

तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनीत गर्न सक्ने प्रावधान छ । सेप्टेम्बर २३ मा बसेको तामाङ समाज अमेरिकाको प्रथम बोर्ड बैठकले यी तीन जना बोर्ड अफ डिरेक्टरको मनोनयनलाई अनुमोदन गरेको हो ।

त्यसैगरी अन्तरराष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने उद्देश्यले भरत मोक्तान तामाङ, शान्त थोकर तामाङ र लुईसाङ वाईवा तामाङ रहेको तीन सदस्यीय अन्तरराष्ट्रिय तामाङ समन्वय समिति पनि बैठकबाट अनुमोदन भएको छ । बैठकले वरिष्ठ उपाध्यक्ष ब्रजेश लामा तामाङको अध्यक्षतामा इन्फर्मेशन टेक्नोलोजी कमिटी, उपाध्यक्ष सुमित्रा योन्जन तामाङको अध्यक्षतामा महिला सशक्तीकरण कमिटी, सचिव विनिता तामाङको अध्यक्षतामा एक्सटर्नल एफेयर्स कमिटी, कोषाध्यक्ष फुरु लामा तामाङको अध्यक्षतामा आर्थिक कमिटी, सजुन थोकर तामाङको अध्यक्षतामा युवा तथा खेलकुद कमिटी, यूनिशा तामाङको अध्यक्षतामा साँस्कृतिक कमिटी, रिनु तामाङको अध्यक्षतामा बालबालिका विकास कमिटी, रोजबहादुर घिसिङ तामाङको अध्यक्षतामा इमिग्रेशन कमिटी र दिपेन्शा लामा तामाङको अध्यक्षतामा एजुकेशन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
साउन ७ गते बुधवारको राशिफल यस्तो छ
साउन ७ गते बुधवारको राशिफल यस्तो छ
दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु
दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु
१० दिनमा ७ घन्टा बैठक बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य
१० दिनमा ७ घन्टा बैठक बसेर राष्ट्रिय सभाको अधिवेशन अन्त्य
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु , २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक