काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ जना घाइते
सारांश
- काठमाडौं ।
- दाङबाट काठमाडौं आउँदै गरेको बस नवलपरासी कावासोतीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
- घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको बस नवलपरासी कावासोतीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
काठमाडौं आउँदै गरेको ना६ख ६३०१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेका घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दाङ सतवरीयाकी २६ वर्षीया पुजा तामाङ, लमहीकी ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी, देउखुरीकी ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा ४५ जना यात्रु चढेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया