पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य

सारांश

  • सोमपाल कामी र कप्तान पारस खड्काले अर्धशतकीय पारी खेलेपछि नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ।
  •  नेदरल्याण्ड्सविरुद्धको दोस्रो ओडिआईमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४८.
  • ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १६ रन जोडेको हो।

सोमपाल कामी र कप्तान पारस खड्काले अर्धशतकीय पारी खेलेपछि नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ। नेदरल्याण्ड्सविरुद्धको दोस्रो ओडिआईमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय १६ रन जोडेको हो। 

२०अौं अोभरसम्म ८८ रन जोड्दै ५ विकेट गुमाएको नेपाललार्इ पारस र सोमपालले अर्धशतकीय पारी खेल्दै उकासेका थिए।  सोमपाल आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ६१ रनको पारी खेलेपछि नेपालले सो स्कोर बनाएको हो। सो क्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।त्यसअघि नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेलेका थिए। ६९ बलको सामना गरेका पारसले ६ चौका र २ छक्काको मदतमा ५१ रन जोडेका थिए।

यस्तै ज्ञानेन्द्र मल्लले १३, सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरीले समान १९–१९, आरिफ सेखले १६ रन जोडे।

नेपाल: २१६/१० (४८.५/५०) 

१) ज्ञानेन्द्र मल्ल: १३(२४), २ चौका

२) सुवास खकुरेल: १९(३३), ३ चौका

३) अनिल साह: ४(३), १ चौका

४) पारस खड्का: ५१(६९), ६ चौका, २ छक्का

५) दीपेन्द्रसिंह एेरी: १९(१७), ३ चौका

६) रोहित पौडेल: ६(१५), १ चौका

७) अारिफ सेख: १६(४६)

८) सोमपाल कामी: ६१(४६), ५ चौका, ३ छक्का

९) बसन्त रेग्मी : १(९)

१०) सन्दीप लामिछाने : ८(२२)

११) ललितसिंह भण्डारी: ४*

 

४८.५: अाउट। बललार्इ स्विङ गर्न खोज्दा सन्दीप बोर्ड भएका छन्। योसँगै नेपाली इनिङ सकिएको छ। ललितसिंह भण्डारी नटअाउट रहे।

४५.१ : गज्जबको प्रदर्शन। सोमपाल कामीले अर्धशतकीय पारी खेल्दै नेपाललार्इ मध्यम स्कोरमा पुर्याएका छन्। सट प्रहार गर्न रुम बनाउँदा सोमपाललार्इ रिप्पोनले बोल्ड गरे।
३९.१ : विकेट। पाउल मिकिरेनको बलमा बसन्तले राउन्ड द विकेट अाउदै बायाँ हातले खेल्न खोज्दा प्वार्इन्टमा स्नाटिरको हातबाट क्याच भए।

३६.१ : सजिलो क्याच। सिलरले अगाडी फालेको बललार्इ अारिफले तलबाट खेल्न नसक्दा कभरमा रहेका म्यागुर्घको हातमा सजिलो क्याच समातेका थिए।

३०.१: ठूलो झट्का। कप्तान पारस खड्काले सिलरको बल स्विप गर्न खोज्दा ब्याटको माथि लाग्दै उठेको बललार्इ स्नाटिरले विकेट पछाडी सजिलो क्याच समाते।

अर्धशतक: ३१ अौं अोभरको दोस्रो बलमा छक्का प्रहार गर्दै कप्तान पारस खड्काले अाफ्नो अर्धशतक पूरा गरेका छन्। योसँगै नेपालका तर्फबाट अोडिअार्इमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि पहिलो अोडिअार्इमा उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो अर्धशतक प्रहार गरेका थिए।

१९.५ : एज। मिकेल रिप्पोनले रोहित पौडेललार्इ विकेटकिपर इडवार्डको हातबाट क्याच गराए।

१५.५ : रन अाउट। मिकेल रिप्पोनले गरेको बलमा कप्तान पारस खड्काले एक रन लिन खोजेपनि दीपेन्द्रसिंह एेरीको ध्यान भने बल तिरै थियो। पारसले अाधा क्रिज कटाइसक्दा बल्ल दीपेन्द्र अघि बढे तर उनी क्रिजमा पुगिसक्दा विकेट किपर इडवार्डले विकेट निकालिसकेका थिए।

११.१ : बोल्ड। सुवास खकुरेललार्इ क्लासेनले नै बोल्ड पारे। क्लासेनले अगाडी पट्टी फालेको बलमा चुक्दा सुवास बोल्ड भए। योसँगै क्लासेनले नेपालको तीन विकेट लिइसकेका छन्।

७.६: विकेट। क्लासेनले नै अनिलकुमार साहलार्इ मिडविकेटमा मिकेल रिप्पोनको हातबाट सजिलो क्याच गराए। क्लासेनको स्लाे बल साहको ब्याटको बीचमा लाग्दै मिडविकेटमा रहेका रिप्पोनका हातमा गएको थियो।

अपरिवर्तित अोपनिङ जोडी फेल। पहिलो खेलमा अनिल र ज्ञानेन्द्रको जोडीले ५८ रनको सुरुवाती साझेदारी गरेपनि अाज। ज्ञानेन्द्रको अोपनिङ जोडीका रुपमा सुवास अाउदा नेपालको सुरुवाती साझेदारी २९ रनमै टुटेको छ।

७.३ अोभर: विकेट । उपकप्तान ज्ञानेन्द्र मल्ल(१३)लार्इ फ्रिड क्लासेनले पहिलो स्लिपमा रहेका विस्ले वारसीको हातबाट क्याच गराएका छन्।

ब्याटिङ अर्डरमा परिवर्तन। अनिल साहको स्थानमा अोपनिङमा ज्ञानेन्द्र मल्लसँग सुवास खकुरेल अाएका छन्। पारस खड्का अाउने तेस्रो स्थानमा अनिल साह अाएका छन्। पारस चौथो नम्बरमा। नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ। शरद भेषावकर चोटका कारण टोलीमा छैनन्। पहिलो खेलका क्रममा उनलार्इ अौलामा चोट लागेको थियो। यस्तै शक्ति गौचनले यसअघि नै पहिलो अाफ्नो करिअरको अन्तिम हुने बताइसकेका थिए भने अर्का तीव्रगतिका बलर करण केसीलार्इ अाराम दिइएको छ।

युवा अलराउण्डर रोहितले एकदिवसीयमा डेब्यू गर्दै उनी विश्वको चौथो र नेपालको सबैभन्दा कान्छा उमेरको अोडिअार्इ खेल्ने खेलाडी बनेका छन्। यस्तै ललितसिंह भन्डारी र सुवास खकुरेलले पनि टोलीमा माैका पाएका छन्।

नेपाली टोली:

पारस खडका, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अारिफ सेख, बसन्त रेग्मी सोमपाल कामी, रोहित पौडेल, अनिल साह, सन्दीप लामिछाने, दीपेन्द्रसिंह एेरी, ललितसिंह भण्डारी।  नेपालको लक्ष्य पहिलो अाेडिअार्इमा बुधबार बेहोरेको हालको बदला लिदैं श्रृखंलामा बराबरी गर्नेछ। यसअघि बुधबार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो।

कप्तान पारस खड्का पहिलो ओडिआईमा ब्याट्सम्यानहरु नचल्दा फराकिलो अन्तरले पराजित हुनुपरेको भन्दै यसपटक आफूहरु जिम्मेवारीपूर्वक जिम्मेवारीपूर्वक प्रस्तुत भए खेल जित्न सक्ने बताउँछन्।

‘५५ रनको दूरीले हार्नुभन्दा हामी अझै राम्रो खेल्न सक्थ्यौं,’ पारसले भने, ‘आजको खेलमा हामी थप समय मैदानमा रहँदै स्कोर बढी गर्न सक्यौं भने आशा गरौं आजको खेलमा जित्दै हिसाब बराबर गर्न सक्नेछौं।’

पहिलो ओडिआईमा नेपालले सुरुवात राम्रो गरेपनि त्यो लय काम राख्न सकेन्। मध्यक्रममा एकपछि अर्को विकेट जानु नेपालको हारको मुख्य कारण बन्यो।

कप्तान पारस खड्काले चार विकेट लिदैं टस हारेर बलिङको जिम्मा पाएको नेपालले नेदरल्याण्ड्सलाई १ सय ८९ रनमै समेटेको थियो। तर, लक्ष्य पछ्याउनेक्रममा भने नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमै सीमित रह्यो।खेलमा कतिबेला के हुन्छ अनिश्चित हुने पारस भन्छन्। ‘हामीलाई थाहा थियो कि हामी खेल जित्न सक्छौं तर खेलमा कतिबेला के हुन्छ भन्न सकिन्न,’ कप्तान पारस खड्काले भने, ‘अर्को खेलमा आशा गरौं हामी राम्रो प्रदर्शन गर्नेछौं र जित निकाल्नेछौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?