प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना पुस्तिका सार्वजनिक !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा  योजना पुस्तिका सार्वजनिक !

सारांश

  • हेटौँडा, २२ साउन ।
  • प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका आज सार्वजनिक गरेको छ ।
  • पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजनाविनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने बताउनुभयो ।

हेटौँडा, २२ साउन । प्रदेश नम्बर ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका आज सार्वजनिक गरेको छ ।

पुस्तिका सार्वजनिक गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले योजनाविनाको विकास दिगो नहुने भन्दै समग्र प्रदेशको अवस्थाबारे अवगतसहित विकासको योजना बनाउन पुस्तिकाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “किताब छापिनु ठूला कुरा होइन तर यस पुस्तकले दिने विकास ठूलो कुरो हो, यसले हामीलाई समग्र प्रदेशको अवस्था र आवश्यकता औँल्याउँछ र यी सबै समेटेर हामीले बनाएको योजना तथा विकास निर्माण दिगो हुन्छ ।” मुख्य मन्त्री पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश सरकारले जनतालाई समृद्धी बाँड्ने योजना बनाएको दावी गर्नुभयो ।

आयोगका उपाध्यक्ष सांसद खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
हेलो सरकारका दुःख र सफलता: विद्युत प्राधिकरण बोर्डफस्ट, श्रम र भौतिक पूर्वाधार मन्त्रालय फेल
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित
गाउँमै सरकारी सेवा, सयौ स्थानीय लाभान्वित
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
स्थानान्तरित रकम फिर्ता प्रयास जारी
स्थानान्तरित रकम फिर्ता प्रयास जारी
कोशी ब्यारेजका सबै ढोका खोलिए
कोशी ब्यारेजका सबै ढोका खोलिए
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन्   ओली
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन् ओली
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…

तपाईंले छुटाउनुभयो कि?