प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
२८
|
२१ पटक हेरिएको
Shares
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…

सारांश

  • काठमाडौं, जेठ २२- नेताहरु  पार्टीको काममा,  गाउँघरमा मेला, महोत्सव उद्घाटनका लागि   हिडिरहन्छन् ।
  • उनीहरु त्यहाँ पुग्दा बाटोमा देखिने दृश्य ख्याल गर्छन्, गर्दैनन् थाहा छैन ।
  • आइतबार अर्थात जेठ २० गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समापनको बेला घान्द्रुक पुगेका थिए ।

काठमाडौं, जेठ २२- नेताहरु  पार्टीको काममा,  गाउँघरमा मेला, महोत्सव उद्घाटनका लागि   हिडिरहन्छन् । उनीहरु त्यहाँ पुग्दा बाटोमा देखिने दृश्य ख्याल गर्छन्, गर्दैनन् थाहा छैन ।

आइतबार अर्थात जेठ २० गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समापनको बेला घान्द्रुक पुगेका थिए । उनको साथमा प्रदेश नम्बर ४ का सांसद राजिव पहारी पनि सँगै थिए ।

नेकपा अध्यक्ष प्रचण्ड र अर्का नेता पहारी घान्द्रुक जाने बेलामा उनीहरुलाई सम्मान गरिएको छ । उनीहरुको गलामा खादा, माला देख्न सकिन्छ । बाटोमा एउटा गेटमा बूढी आमा खाली खुट्टा कुम्लो बोकेर नेताहरुको आडैबाट बाटो काट्दै गरेको मन छुने तस्बिर छ । तर, उनीहरुले ती आमालाई देखेनन् । आखिर उनी पनि देशकी आमा हुन् ।

प्रचण्ड, पहारी र अन्य नेताहरु, सुरक्षाकर्मी कसैले पनि ती बूढीआमालाई देखेनन् वा नदेखे जस्तो गरेको तस्विरमा देखिन्छ ।

नेताहरुले गरिबका लागि, जनताका लागि काम गरेको बताइरहन्छन् । तर, यस्ता हेर्दा देख्दा सानातिना लाग्ने दृश्यलाई वास्तै नगरी हिडिरहेका हुन्छन् । ती खाली खुट्टा हिड्दै गरेकी आमाको मनले भनेको हुनुपर्छ, ‘मेरो भोट मात्रै काम लाग्छ ।’ सामान्य लागेपनि यस्ता मनै छुने दृश्यलाई नेताहरुले ख्याल गर्न आवश्यक छ । चुनावका बेला सबैलाई नमस्कार गर्दै हिड्ने नेताहरु चुनाव पछि अन्देखा गर्नु राम्रो हुँदैन । 

त्यो तस्बिर भेटेपछि समिता केसीले आफ्नो फेसबुक वालमा राखिन । उनले लेखिन्, सर्वहारा वर्गको प्रतिनिधित्व गर्छु भनेर जनयुद्ध गर्नुभएका अध्यक्ष कमरेड प्रचण्ड र प्रदेश ४ का सांसद कमरेड राजीव पहारी सुटबुटमा टिपटप भएर हिँडिरहँदा छेउबाट एउटी बूढीआमा खाली खुट्टा, च्यात्तिएको फरिया र चोलीमा कुम्लो बोकेर लठ्ठीको सहारामा हिँडिरहँदा यिनका गलाका माला र खादाले ती विपन्न आमालाई देखेनछन् ।’

उनले प्रश्न गरेकी छिन्, भोट माग्दै गर्दा यस्ता आमा र बाहरूलाई दस औंला जोडेर निहुरिने मेरा कमरेडहरु चुनाव जितेपछि यी आमाहरूलाई वेवास्ता गरेर हिँडेको देख्दा नरमाइलो लाग्यो । जे देखियो दुख लाग्यो ।‘

यो तस्बिर कसले खिच्यो थाहा छैन । समिताले फेसबुकमा राखेको फोटो निकै शेयर गरिएको छ । एउटी आमालाई नदेख्नेले देशको समस्या कसरी समाधान गर्लान् भन्ने खालका कमेन्ट गरिएका छन् ।

प्रतिक्रिया

28 कमेन्ट

    Comment Author

    Ganesh Rijal

    गरिबका दिन गए अनि कसरी देखुन।

    Comment Author

    KB Basnet

    मतलब निकलगया तो पहिचानते नहि

    Comment Author

    Mohon Bishokarma

    हाम्रो नेपाल का नेता को चुनाब भन्नदा पहिला खटा ढकछन पछि आकास मा ढोक छन

      Comment Author

      Tilak Raj Khanal

      Jantako Neta Hunuparoni.

    Comment Author

    Lokendra Paudel

    Kala chasma vayar hoki

    Comment Author

    Buddhipd Rai

    नेपालका नव सामन्त नाङ्गो वादशाह महाराजाधिराजहरुले अभाव र गरिबीमा नेपाली जनता बाँची रहेका छन् भन्ने न त जानकारी राखेका छन् न त जानकारी नै लिने इच्छा नै गर्छन्।

    Comment Author

    Tek Pun Magar

    अब प्रचण्ड ले यी अबस्था हरु महसुस गर्ने,देख्ने दिन गय खोलो तर्यो लौरो बिर्स्यो।

    Comment Author

    Phul Garbuja Pun

    ठुला पदमा पुगेका ब्यक्तिहरुले भुईतिर खुत्तातिर हेर्दैनन् स्वार्थहरुले स्वार्थीको बाटो मात्र हेर्छन र देख्छन।

    Comment Author

    Shantamani Neupane

    Uropiyen dalar khayera kalo belayeti sut payent lagayera rajniti garne le herchha aba

    Comment Author

    Amrit Chhetri

    usko khuta ma xadai xa aru ko j sukai hos

    Comment Author

    Kamal Karki

    जन्म दियका छोरा छोरी ले देखेनन भने अर्का को छोरा ले देख्छ्न त अनि अर्को कुरा नेता हुन बितिकै सबै देख्छ्न र समस्या को समाधान गरिहाल्छ्न भन्नू होइननी कति को समस्या कति को पीडा देखुन त नि आफुले जन्म दियका ले त वास्ता गर्दैनन भने अरु को के आश पत्रकार ज्यु सक्नु हुन्छ भने यिनि आमाले जन्म दियका छोरा छोरिलाइ भेटेर सोध्नुस आमा को किन यस्तो हालत बनायको हो भनेर कति अरुकै कुरा काटेर बस्नु हुन्छ

    Comment Author

    Ganga Chamlagain Chetri Chhetri

    Arkai thauko foto ler taseko hunale nadekheko ho

    Comment Author

    Roj Goolung

    Hijoki dondako din vaya dekhtyo hola aba k dekhtyo ta

    Comment Author

    Jhana Devi

    भुईँतिर हेरेर हिडेकाे भए पाे खाली खुट्टा देख्नु त अाखा नै माथि छ त कसरी देखुन् ठूलाठूला नेताहरु ले ??

    Comment Author

    DP Jhapali

    कालो चस्मा लगाएकोले नदेखेको नि, उनी आफैँ त बाटो राम्रोसँग नदेखेर दायाँ बायाँ सहयोगी लिएर हिँड्दै गरेको देख्नुहुन्न पत्रकार ज्यू?

    Comment Author

    Mohan Thapa

    अरे बाबा …… अबको पाँच बर्ष त येस्तो कुरो कमरेड नेताहरूले ख्याल गर्दैनन् !

    Comment Author

    Aashish Jonchhen

    कालो चस्मा लगाएको ले होला?????

    Comment Author

    Babukaji Shrestha Kakshapati

    यले त आफनो छीरी लाइ हेरछ

    Comment Author

    Ichhu Rana

    मञ्च बाट पो देख्ने त???????।

    Comment Author

    Magar Netra Gaha

    Vote halni bela na vay ko karan le

    Comment Author

    Udaya Niroula

    त्यस्तोसबैतिर सर्बसाधारण बरिबदुखि लाई नजरपुग्नेहो भनेकिन योदेशका जनता ले दुखपाइन्थ्योर तोपनिलुटतन्त्र र मारतन्त्र चलाएर आएको नेता मनमादयामाया भएकोनेता भएको भए त्यत्रो १६/१७ हजार मान्छेकिनमार्थियोर लुटेर आफुलाइ ७ ।पुस्ता सम्म सुतेर खाएपनि पुग्ने सम्पति लुटि हाल्यो अबकिन हेर्नू अर्काको खोटामा

    Comment Author

    Samip Rulzz

    प्रचण्ड नेपालको श्री ५ महाराज हुनुहुन्छ सर्बहाराको नेता अनि कता देखुन त !!!

    Comment Author

    Arjun Sapkota

    Banduk ko aard ma dhane vako xa parchanda grave li k dhakethyo

    Comment Author

    Bhakta Bdr Sodari

    Kathai Eniharuko kam

    Comment Author

    Tanka Mani Nepal

    यिनीहरूका खुट्टा भुुईंमा हुन्नन् अनि कसरी अरुका खुट्टा देख्छन् ?

    Comment Author

    Binod Gm

    अहिले सम्म कुन नेताले गरिब दुखिलाइ देखेको छ र?

    Comment Author

    बच्चु बराल

    चस्मा लगार होला

    Comment Author

    Sara Indu Thapa

    Ani des r janta ka lagi parchand neta bhayeko bhayeta kin o shang 60 arb paisa hunthiyo chori lai maher banauthiyo buhari lai ken mantri banauthiyo bhatbateni jasta bisal super market kholinthi r????? Nepali janta ka neta bhaye aru neta haru pani testee chan kohi janta ka lagi uthika hoenan paisa kamaun lai uthika hun kin pahila parchand tehi garib janta leyer sath ma hidthi aje u atbu pati bhaye tehi janta haru rod pati bhaye

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 28
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?