स्थानान्तरित रकम फिर्ता प्रयास जारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
स्थानान्तरित रकम फिर्ता प्रयास जारी

सारांश

  • काठमाडौँ, ७ कात्तिक   बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ ।
  • नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।
  • ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो ।

काठमाडौँ, ७ कात्तिक   बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।

ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भन्नुभयो, “केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ ।” एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ ।

यसले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि तथा प्रणालीगत समस्यालाई विशेष ध्यान दिनुपर्छ । हाल २०० मुलुकका ११ हजार विभिन्न संस्थाले स्वीफ्ट प्रणालीको प्रयोग गर्दै आएको बुझिएको छ ।

राष्ट्र बैंकले सूचना प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको सहप्रवक्ता पण्डितले पुनः स्मरण गराउनुभयो । सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर निर्देशन दिएको थियो ।

बैंकको कारोबार प्रणालीको चुनौतीका कारण बैंकिङ क्षेत्रमा चुनौती थपिँदै गएकै कारण आन्तरिक प्रणालीलाई थप सुरक्षित गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !
नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !
संविधान संशोधनमा देउवा-नेपाल जुहारी !
संविधान संशोधनमा देउवा-नेपाल जुहारी !
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
मेलम्ची खानेपानी आयोजनामा सरकारको विशेष ध्यान जानुपर्छ : अध्यक्ष तिमिल्सिना
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
लिवियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान
पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?
पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
महाभारतका पात्र धृतराष्ट्र, गान्धारी र कुन्तिको निधन कसरी भयो ?
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?
वैदेशिक रोजगारसम्बन्धी गुनासा सम्बोधन कल सेन्टरबाट
वैदेशिक रोजगारसम्बन्धी गुनासा सम्बोधन कल सेन्टरबाट