१५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
१७ पटक हेरिएको
Shares
१५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा

सारांश

  • विराटनगर भदौ,१ ।
  • प्रदेश १ को झापामा १५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा परेको छ ।
  • जिल्ला वन कार्यालय झापाका अनुसार १५ सय ५२ हेक्टर वन क्षेत्र अतिक्रमण मा परेको हो ।

विराटनगर भदौ,१ । प्रदेश १ को झापामा १५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा परेको छ ।जिल्ला वन कार्यालय झापाका अनुसार १५ सय ५२ हेक्टर वन क्षेत्र अतिक्रमण मा परेको हो । त्यसमध्ये आर्थिक वर्ष २०७४-०७५ मा ५ दशमलव १ हेक्टर वन क्षेत्र खाली गराइएको हो । आ.व. २०७३-०७४ मा १५ सय ५७ दशमलव १ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको वन कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको थियो ।

झापामा १९ हजार ५ सय ५७ हेक्टर वनक्षेत्र रहेको छ । तर, वर्षेनी अतिक्रमणको चपेटामा पर्दै गएको वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेती ले बताए।कतिपय स्थानमा धार्मिक वा संस्थाको नाममा वन अतिक्रमण भइरहेको छ भने कतिपय स्थानमा समूदायले नै अतिक्रमण गर्दै आइरहेको उनी बताउँछन् । वन अतिक्रमण हटाउन प्रहरीसँग सहकार्य गरिए पनि अतिक्रमण रोक्न नसकिएको उनीले बताए ।हरेक वर्ष काठ तस्करी मौलाउँदै गएका कारण वन मासिँदै गएको निष्कर्ष वन कार्यालयको छ ।

एकवर्षमा जिल्ला वन कार्यालयले काठ तस्करीमा संलग्न भएको आरोपमा ३३ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । उनीहरूबाट वन कार्यालय झापाले ५ सय ९६ दशमलव ३६ क्युविक फिट काठसमेत बरामद गरेको छ । काठ तस्करीमा प्रयोग भएका ट्याक्टर र पिकअप भ्यान गरी नौवटा सवारी साधनसमेत नियन्त्रणमा छन् । झापासँग सीमाना जोडिएको इलामका वन जङ्गलबाट चिरान वा गोलिया काठ झापातर्फ तस्करी गर्ने क्रम बाक्लिँदो रहेको वन अधिकृतहरू बताउँछन् । सामुदायिक वनका पदाधिकारीको संलग्नतामा तस्करी हुने गरेको अधिकृत उप्रेतीले जानकारी दिए ।

जसमध्ये पाँचवटा मुद्दा अदालतमा पुगेका छन् भने ११ वटा मुद्दा वन कार्यालयमातहतका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रले नै हेरिरहेको छ । अघिल्लो वर्ष ३८ जनाको मुद्दा फछ्र्र्यौट भए पनि १६ जनाको मुद्दा फछ्र्यौट हुने क्रममा छ । तस्करीमा संलग्न अधिकांश व्यक्ति झापाको भए पनि इलामका वनबाट तस्करी गर्ने गरी ल्याउने गरेको अनुसन्धानको क्रममा खुलेको वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?