हजारौं मान्छेका अगाडि मारियो मेयरलाई
सारांश
- एजेन्सी ।
- पोल्याण्डको गडाङ्कका बन्दरगाह सहरका मेयर पावेल अडमोविजको हजारौं मान्छेका अगाडि विभत्सरुपले हत्या भएको छ ।
- सोमबार एउटा परोपकारी कार्यक्रममा सहभागी भएका बेला उनको धारिलो हतियारले हत्या गरिएको हो ।
एजेन्सी । पोल्याण्डको गडाङ्कका बन्दरगाह सहरका मेयर पावेल अडमोविजको हजारौं मान्छेका अगाडि विभत्सरुपले हत्या भएको छ ।
सोमबार एउटा परोपकारी कार्यक्रममा सहभागी भएका बेला उनको धारिलो हतियारले हत्या गरिएको हो ।
कार्यक्रममा हजारौँ मानिस भेला भएको बेला उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पोल्याण्डका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मेयर पावेल अडमोविजको हत्यापछि देशैभरि हिंसा विरुद्धमा प्रदर्शन गरिएका छन्।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार मेयरलाई आक्रमण गरेपछि सहभागीले बचाउने प्रयास गरेपनि सफल हुन सकेनन् । गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा टोमाज स्टेफनिकले भनेका छन् ‘उनलाई बचाउने हाम्रा सबै प्रयास असफल भए ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया