नगर क्षेत्रभित्र पिसाब घर निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नगर क्षेत्रभित्र पिसाब घर निर्माण

सारांश

  • राजविराज, १० भदौ ।
  • सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ ।
  • सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४÷७५ को नगर सभाबाट रु पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।

राजविराज, १० भदौ । सर्वसाधारणलाई कठिनाइ भइरहेको अवस्थामा राजविराज नगरपालिकाले नगरको छ स्थानमा पिसाब घर निर्माण गरेको छ ।सप्तरी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेको अवस्थामा नगर क्षेत्रभित्र पिसाब घर निर्माणका लागि आव ०७४÷७५ को नगर सभाबाट रु पाँच लाख रकम विनियोजन गरी ती घर निर्माण गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।

सफा नगर राख्ने उद्देश्यका साथ गत आवमा पारित योजनालाई नै चालु आव ०७५÷७६ मा सारेर राजविराजस्थित रङ्गशालाको पश्चिमतर्फ ढोकाको छेउ, पश्चिम बस बिसौनी छेउ, नगरपालिकाको उत्तरतर्फ सडक खण्डस्थित भगवती पोखरीको छेउमा, पुरानो बारुणयन्त्रकोपश्चिमतर्फको सडक खण्ड, पवि माविको खेल मैदान र कुनौली मोडस्थित अञ्चल अस्पताल छेउमा गरी छ स्थानमा पिसाब घर निर्माण गरिएको उहाँले बताउनुभयो ।

राजविराजको मुटु मानिने गजेन्द्र चोक र दर्शन चोकमा पिसाब घर निर्माणका लागि प्रयास भइरहेको र सर्वसाधारणको बढी चाप हुने अन्य स्थानमा पनि निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिँदै नगरप्रमख यादवले ती स्थानमा पानीका लागि ट्याङकी निर्माण, सरसफाइ, हेरचारलगायतका कामहरु आउँदा दिनमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Roleta Jogada Gratuita E Dicas De Jogos De Cassin
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध
अब जापानको उरुतोरा रेस्टुरेन्ट नेपालमा पनि
अब जापानको उरुतोरा रेस्टुरेन्ट नेपालमा पनि
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

तपाईंले छुटाउनुभयो कि?