चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १५, २०७७
|
|
६० पटक हेरिएको
Shares
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी

सारांश

  • उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ ।
  • नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए ।

उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उहाँलाई सर्लाही पठाइएको छ ।

उनका अनुसार सर्लाहीका उखु किसानले रु १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको हो । अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई रु आठ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको रु १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख गरी दुई चिनी मिलले रु २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो । उक्त रकममध्येमा मङ्गलबार साँझसम्म अन्नपूर्णले रु १२ करोड ६३ लाख ७२ हजार र इन्दिराले रु ८३ लाख गरी रु १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ ।

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।

यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु
नबन्ने भो धरहरा ! छैटौं पटकको आर्थिक प्रस्तावको समय पनि आज सकियो
नबन्ने भो धरहरा ! छैटौं पटकको आर्थिक प्रस्तावको समय पनि आज सकियो
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान
‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान
नाला तर्ने क्रममा डुबेर महिलाको मृत्यु
नाला तर्ने क्रममा डुबेर महिलाको मृत्यु
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?