रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २, २०८१
|
|
३८ पटक हेरिएको
Shares
रवि र छविमाथि प्रहरीले बढायो निगरानी, पक्राउ गर्ने तयारी !

सारांश

  • काठमाडौँ ।
  • सहकारी ठगीबारे संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको विषयमा रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीलाई समेत प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने सिफारिस गरेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको छ ।
  • हालसम्म छविलाल जोशीबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरे पनि रविविरुद्ध भने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पुरक जोहेरी नै परेको थियो ।

काठमाडौँ । सहकारी ठगीबारे संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको विषयमा रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीलाई समेत प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने सिफारिस गरेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको छ ।

हालसम्म छविलाल जोशीबारे कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरे पनि रविविरुद्ध भने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पुरक जोहेरी नै परेको थियो ।

त्यो बाहेक संसदीय छानबिन समितिले नै दुवैजनालाई कारवाही सिफारिस गरेपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको स्रोत बताउँछ ।

त्यसका लागि प्रहरीले प्रतिवेदन हातमा नपुग्दै आन्तरिक तयारीमा जुटेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रवि लामिछाने विरुद्ध पोखरामा परेको पुरक जाहेरीकै आधारमा अनुसन्धान अघि बढाउन सक्छ ।

त्यस्तै छविलाल जोशीमाथि पनि त्यसैगरी अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी मार्फत ग्यालेक्सी टेलिभिजनमा पाँच करोड रुपैयाँ आएको छ । प्रहरी स्रोतका अनुसार जीबी राईमार्फत् ग्यालेक्सी टेलिभिजनमा जुन–जुन सहकारी मार्फत रवि र छवि हुँदा रकम भित्रिएको थियो सोही ठगी कसुरमा उनीहरुलाई प्रतिवादी बनाउने तयारी गरेको हो ।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले भने छानबिन समितिले तयार पारेको प्रतिवेदन हेरेर मात्रै प्रहरीले अघि बढ्ने बताए । गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले प्रतिवेदन गृहमन्त्रालय नपुगेको र पुगेपछि अनुसन्धानका लागि प्रहरीलाई बुझाइने बताए ।

छानबिन समितिका संयोजक सूर्य थापाले भने मंगलबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै रवि लामिछानेले सहकारीको रकम अपचलनमा जोडिएको भन्दै कारबाही सिफारिस गरिएको बताए ।

छानबिन समितिले सिफारिस गरेकाविरुद्ध सहकारी ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराध समेत आकर्षित हुने देखिएको उनको दाबी छ ।  रवि लामिछाने ग्यालेक्सी हुँदासम्म जीबी राईले सञ्चालन गरेका पाँचवटा सहकारी मार्फत ग्यालेक्सी टेलिभिजनले ६५ करोड रुपैयाँ अपचलन गरेको देखिएको छ ।

रविले २०८९ असारदेखि ग्यालेक्सी टेलिभिजन छाडेर रास्वपा पार्टी खोलेर राजनीतिमा होमिएका थिए ।  उनी २०७७ माघदेखि ग्यालेक्सीमा जोडिएका हुन् ।   ग्यालेक्सी सुरु गर्दा कुल पुँजी ५ करोड रुपैयाँ राखिएको समितिको छानबिनका क्रममा देखिएको छ ।

पाँच करोड मध्ये रवि लामिछानेले सहकारीकै ७५ लाख रुपैयाँ तिरेर १५ प्रतिशत सेयर पाएको खुलेको हो । त्यस्तै जीबीको ५० र छविलाल जोशीको ३५ प्रतिशत सेयर कायम गरिएको थियो ।

तर, फाइदामै नरहेको ग्यालेक्सी टीभीको पुँजीलाई केही समयमै बढाएर १२ करोड बनाएका थिए । पुँजी १२ करोड हुँदा लामिछानेले थप १ करोड ८० लाख रुपैयाँ थप गरेको देखिएको छ । त्यो रकम समेत लामिछानेले बुटबलको सुप्रिम सहकारी मार्फत हालेको छानबिन समितिका संयोजक थापाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
नक्कली प्रहरी बनेर रकम असुल्ने दुई जना पक्राउ
नक्कली प्रहरी बनेर रकम असुल्ने दुई जना पक्राउ
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
प्रधानमन्त्री देउवाले चुनाव सार्ने हल्ला नगर्न आग्रह
मेचीनगरलाई अग्निनियन्त्रणका सामग्री
मेचीनगरलाई अग्निनियन्त्रणका सामग्री
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
धनगढी विमानस्थल अझै एक साता बन्द रहने
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !

तपाईंले छुटाउनुभयो कि?