नेमकिपादेखि विवेकशीलसम्म : मतमा परिणत नहुने रहेछ प्रशंसा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नेमकिपादेखि विवेकशीलसम्म : मतमा परिणत नहुने रहेछ प्रशंसा

सारांश

  • काठमाडौं, मंसिर २६ –चुनाव अगाडि दुईवटा टिप्पणीहरु नोट गरेको थिएँ ।
  • एक, ‘विवेकशील साझा पार्टीका मतदाता विदेशमा छन् ।
  • ’ र अर्को ‘बिजुक्छेलाई प्रशंसा गर्नेहरुले मत पनि उनको पार्टीलाई दिए हुन्थ्यो ।

काठमाडौं, मंसिर २६ –चुनाव अगाडि दुईवटा टिप्पणीहरु नोट गरेको थिएँ । एक, ‘विवेकशील साझा पार्टीका मतदाता विदेशमा छन् ।’ र अर्को ‘बिजुक्छेलाई प्रशंसा गर्नेहरुले मत पनि उनको पार्टीलाई दिए हुन्थ्यो ।’

पहिलोकै पहिला चर्चा गरौं । चार महिनामा चर्चाको चरम चुलीमा पुगेको विवेकशील साझा पार्टी चुनावअघि निश्चितै रुपमा सामाजिक सञ्जालमा बढी बहसको विषय भैरहेको थियो । सामाजिक सञ्जालमा सक्रिय युवाहरुका लागि यो एउटा भरपर्दो वैकल्पिक राजनीतिक शक्ति नै बनेको थियो । त्यसका उम्मेदवारहरुका पक्षमा सामाजिक सञ्जालहरुमा उर्लिएको समर्थन हेर्दा नेपाली समाजमा स्थापित अन्य राजनीतिक पार्टीहरु फिक्का नै देखिन्थ्यो ।

दोस्रोको कुरा गरौं । जब नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले उम्मेदवारीमा नामांकरण नगरी नयाँ पुस्तालाई अगाडि बढ्न बाटो खुल्ला गर्नुभो, सामाजिक सञ्जालहरुमा उहाँको प्रशंसामा बाढी नै आयो । त्यस्ता प्रशंसाहरु पढ्दा पनि लाग्थ्यो, अब त नेमकिपाले आफ्नो विजयी सांसदहरुको संख्या बढाउने भयो ।

तर कुराले मात्रै चिउरा नभिजाउने रहेछ । परिणामले देखायो, यी दुबै पार्टीहरुप्रति सामाजिक सञ्जालमा देखाइएका प्रशंसा र सहानुभूति वास्तविक रुपमा मत वा जनादेशमा परिणत हुन सकेको रहेनछ ।

यस पंक्तिकारको आफ्नै निर्वाचन क्षेत्र काठमाडौंको ८ नम्बरबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका विवेकशील साझा पार्टीका उम्मेदवार पुकार बमसित भेट नै हुन सकेन । सोही पार्टीका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार अनिल तुलाधर निर्वाचनको अघिल्लो साँझ मौन अवधिमा मात्रै भेट भयो । अर्कोतर्फ नेपाल मजदूर किसान पार्टीकातर्फबाट उम्मेदवार भएकी कृष्णमाया मानन्धर आफ्ना सहकर्मीहरुका साथ दुई पटक घरमै आएर मत माग्नुभयो । जबकि उहाँहरु दुबैका घर, मेरो घरबाट ५ मिनेट पनि दूरीमा छैन । मतदातासित प्रत्यक्ष भेटघाटका क्रममा राजनीतिक अभ्यासमा देखिएका फरकपनका रुपमा यसलाई लिन सकिन्छ ।

माथि उल्लेख गरेको टिप्पणीमा जस्तै के साँच्चै विवेकशील साझा पार्टीका समर्थकहरु बढी विदेशमै छन् त ? दिनहुँ हज्जारौंको संख्यामा युवा शक्ति विदेशिरहेको नेपालमा तिनलाई स्वदेशमै फर्काएर यहीँ काम गरेर जीविकोपार्जन गर्न सकिने वातावरण बनाउन सकिएन भने अर्को निर्वाचनसम्म निश्चितै रुपमा तिनको प्रशंसा मतमा परिणत हुने देखिन्छ । त्यतिञ्जेललाई वामपन्थी गठबन्धनको सरकारले गर्ने कामको प्रभावकारिता पनि हेर्नुपर्ने हुन्छ ।

अर्कोतर्फ नेपाली वामपन्थी राजनीतिका धरोहर नारायणमान बिजुक्छे (रोहित) ले देखाउनुभएको उदाहरणीय कार्यमा मौखिक तथा लिखित प्रशंसा गरिएपनि वास्तवमा उहाँको कार्यमा समर्थन जनाएर मतदान नै गर्न होइन रहेछ भन्ने देखियो । परिणामले स्पष्ट देखायो, उहाँको पार्टीले भक्तपुरको १ नम्बर क्षेत्र र त्यस अन्तर्गतको प्रदेश ख बाट मात्रै अपेक्षित विजय हासिल गर्न सक्यो । जबकि यसअघिका निर्वाचनहरुमा उहाँको पार्टीबाट भक्तपुर क्षेत्र नम्बर २ का साथै जुम्ला र दैलेखसम्म प्रतिनिधिसभाका सांसदहरु जितेको थियो, सभामुख पदमै उम्मेदवारी दिएको पनि इतिहास छ ।

विगतको संसदीय व्यवस्था अन्तर्गत सम्पन्न प्रतिनिधिसभाका निर्वाचनमा जुम्ला जिल्लाबाट निर्वाचित नेमकिपाका सांसद डिल्लीबहादुर महत र दैलेख जिल्लाबाट निर्वाचित विनोद शाह दुबै एमाले प्रवेश गरे । तात्कालिन अवस्थामा केही व्यक्तिगत लाभ गरेपनि उनीहरु दुबै अहिले राजनीतिक परिदृश्य नभएका मात्रै होइनन्, उम्मेदवार पनि बनाइएका छैनन् । यो अर्को पाठ बन्न सक्दछ राजनीतिमा ।

भक्तपुरमै पनि पहिलो राजनीतिक विद्यालय नेमकिपा नै रहेका हज्जारौं नेता तथा कार्यकर्ताहरु अहिले पनि नेकपा एमाले, माओवादी केन्द्र लगायतका पार्टीमा भेटिन्छन् । राजनीतिमा आफ्ना विचार र सिद्धान्त अनुसार दल रोज्न पाइन्छ । तर नेमकिपामा कार्यकर्ताहरु निरन्तर घट्दो छ । इतिहास बनाएका नेता छन्, राष्ट्रियताका पक्षमा अडान लिने नीति छ, भक्तपुर नगरपालिकामा नमूना काम गरेको उदाहरण छन् । तैपनि किन ३ प्रतिशत थ्रेसहोल्ड पुर्‍याउन संघर्षरत् छ त नेमकिपा ? यसको जवाफ बिजुक्छेले निर्वाचनअघि एक अन्तर्वार्तामा ‘संसदीय व्यवस्थामा इमान्दार र राम्रो नीतिले मात्रै नपुग्ने रहेछ, हामीले जनतालाई अझै बुझाउन सकेका छैनौं’ भन्नुभएको छ ।

हालै सम्पन्न निर्वाचन परिणामले साना दललाई अस्तित्व बचाउन कठिन बनाउने देखाएको छ । तैपनि ठूला दलका ५० बराबरका एक क्षमता भएका साना दलका जनप्रतिनिधिहरुको आवश्यकता परिनै रहनेछ ।

अब बुझ्नुपर्ने कुरा हो– जसरी कुनै स्थानमा विजय हासिल नगरेपनि विवेकशील साझा पार्टीले प्राप्त गरेको मतलाई कम आँक्न सकिन्न, त्यसैगरी कुनै लाभको पदमा नबसेपनि बौद्धिक र परिपक्व बिजुक्छे जस्ता नेताको विचार र निर्णय क्षमतालाई पनि नकार्न सकिन्न । र, ती पार्टीहरुको दायित्व पनि आफूतर्फ आएका प्रशंसालाई मतमा परिणत गर्ने हुनुपर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपी आभूषण तिम्सिनाले राजीनामा दिने निर्णय किन लिए ?
एसपी आभूषण तिम्सिनाले राजीनामा दिने निर्णय किन लिए ?
कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी
कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी
भूकम्प पिडितले अझै पाएनन् तेस्राे किस्ता !
भूकम्प पिडितले अझै पाएनन् तेस्राे किस्ता !
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
चुडामणि शर्माको घरमा विष्फोट
चुडामणि शर्माको घरमा विष्फोट
क्रान्तिकारीमा ३० वर्षे उमेर हदबन्दी
क्रान्तिकारीमा ३० वर्षे उमेर हदबन्दी
सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा
‘गगन थापाको अभिव्यक्ति युवाको होईन, बालकको हो’: मिन विश्वकर्मा

तपाईंले छुटाउनुभयो कि?