एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !

सारांश

  • काठमाडौँ, ११ भदौ ।
  • एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।
  • एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ ।

काठमाडौँ, ११ भदौ । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो । नेपाल उच्च मनोवलका साथ मलेसिया जान लागेको सिवाकोटीले बताए।

एशिया कपको छनोट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएइ), हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । नेपालले छनोट खेल ओमानसँग भदौ १३, युएइसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ । सो प्रतियोगिता भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ ।

एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।

तीन अभ्यास खेलमा नेपालको प्रदर्शन
सधैँ ब्याटिङको समस्या देखिने नेपाको श्रृलंकामा भएका अभ्यास खेलमा भने केही सुधार भएको देखिन्छ । पहिलो श्रृलंका आर्मीसँगको खेलमा कमजोर देखिएको नपाली ब्याटिङ त्यसपछि भने धेरै परिपक्व देखियो । मात्र १९५ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले बलरको उत्कृष्ट प्रदर्शनका कारण पहिलो खेल ६७ रनले जितेको थियो । पहिलो खेलमा आरिफ शेखले ८९ रनको पारी खेलेका थिए । भने सोमपाल र सागरले ३\३ विकेट लिएका थिए ।

दोस्रो ब्लुमफिल्ड विरुद्धको खेलमा बने नेपाली ब्याट्सम्यान निकै आक्रामक देखिए । सुरुवाती ब्याट्सम्यानलाई छिटै गुमाएको नेपालको पारी दिपेन्द्र सिँह एरी र सागर पुनले सम्हाले । दिपेन्द्रले उक्त खेलमा सतकिय पारी खले भने सागर आफ्नो सतकबाट मात्र ८ रन दुर रहे । त्यस्तै सागर बलिङ पनि किफायति गरेका थिए । नेपालको कसिलो बलिङसामु ब्लुमफिल्ड निरिह रह्यो र खेल १७६ रनले हार्न पुग्यो ।

तेस्रो खेलमा पनि नेपालको बलिङ ब्याटिङ दुवै उत्कृष्ट रह्यो । २१६ रन बनाएर अल आउट भएको विपक्षिले प्रस्तुत गरेको २१७ रनको लक्ष्य नेपालले ४३ औँ ओभर मै ५ विकेट गुमाएर भेट्यो । नेपालको जितका लागि एकपटक फेरी दिपेन्द्रको ठूलो हात रह्यो । केही बलको अन्तरालमै चार विकेट गुमाएपछि दिपेन्द्रको काँधमा ठूलो जिम्मेवारी आएको थियो । जसलाई आरिफ शेख आफ्नो काँध थपि केही हलुका बनाउने कोशिस गरे । अन्तिम खेलमा नेपालका तर्फबाट कप्तान पारस खड्का र दिपेन्द्र ऐरिले अर्धसतकिय पारी खेले ।

समग्रमा यी ३ अभ्यास खेल हेर्दा ब्याटिङमा दिपेन्द्र र बलिङमा सोमपाल विपक्षिका लागि घातक हुने देखिन्छन् । बुधबारबाट हुनेप्रतियोगिताका लागि नेपाली स्टार बलर सन्दिप भने उतैबाट मेलेसिया पुग्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
तीन वर्षपछि फरार अभियुक्त पक्राउ
तीन वर्षपछि फरार अभियुक्त पक्राउ
शसत्र प्रहरी उदयपुरका २५ जना ले गरे रक्तदान
शसत्र प्रहरी उदयपुरका २५ जना ले गरे रक्तदान
नारायणगढ–मुग्लिन सडकखण्डमा चालकको लापरबाहीले सवारी जाम बढी
नारायणगढ–मुग्लिन सडकखण्डमा चालकको लापरबाहीले सवारी जाम बढी
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो
फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

तपाईंले छुटाउनुभयो कि?