यथास्थितिमा नयाँ गाडी थप्दैन , नवनिर्वाचित अध्यक्ष रोक्का`
सारांश
- आचार्य प्रदीप बुटवल, १९ असार ।
- सिद्धार्थ यातायात व्यवसायी समिति सिद्धार्थनगर रुपन्देहीका नवनिर्वाचित अध्यक्ष संजिव रोक्काले आफुले बोलेर नभई काम गरेर देखाउन आफुलाई व्यवसायीहरुले अध्यक्ष पदमा निर्वाचित गरेको बताए ।
- “म व्यवसायीलाई अफ्ठयारो पार्न आएको होइन, व्यवसायीको हितमा काम गर्न तत्पर छु उनले भने ।
आचार्य प्रदीप बुटवल, १९ असार । सिद्धार्थ यातायात व्यवसायी समिति सिद्धार्थनगर रुपन्देहीका नवनिर्वाचित अध्यक्ष संजिव रोक्काले आफुले बोलेर नभई काम गरेर देखाउन आफुलाई व्यवसायीहरुले अध्यक्ष पदमा निर्वाचित गरेको बताए ।
“म व्यवसायीलाई अफ्ठयारो पार्न आएको होइन, व्यवसायीको हितमा काम गर्न तत्पर छु उनले भने ।” अध्यक्ष रोक्काले पहिलाको कार्यसमितिले जथाभावी गाडी दर्ता गरेर समितिलाई अस्तव्यस्त मात्र हुने काम गराएको बताउँदै आफुले रुट व्यवस्थित नगरेसम्म यथास्थितिमा समितिमा नयाँ गाडी इन्ट्री नगर्ने समेत बताए ।
उनले असहज पस्थिीतिमा गुज्रेको समितिलाई अगाडी बढाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । सिद्धार्थ यातायात व्यवसायी समिति सिद्धार्थनगर रुपन्देहीमा नव निर्वाचित कार्यसमिति तथा आन्तरिक लेखा समितिको पदस्थापन समारोह एवं स्वागत कार्यक्रम कार्यक्रममा बोल्दै उनले यस्तो बातएका हुन् । समितिको २९औं वार्षिक साधारणसभा तथा २१औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा लेखा समितिका सदस्यहरुको लागि एक कार्यक्रमका बीच पदस्थापन समारोह एवं स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्र महासंघका केन्द्रीय अध्यक्ष डोलनाथ खनालले यातायात व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक भएकोले व्यवसायीहरु पीडित भएको बताए । उनले लामो समय देखि सरकारले सवारी चालक अनुमति पत्र वितरण नगर्दा यातायात व्यवसायीहरु मारमा परेको र सीप भएका युवाहरु लाइसेन्सको अभावमा बेरोजगार भएको गुनासो गरे । समितिका निवर्तमान अध्यक्ष सुर्य कुमार सारु मगरले यातायात व्यवस्था कार्यालय लुम्बिनीबाट सवारी चालक अनुमति पत्र वितरण नगरिदा चालकको अभाव खडकिएको बताए । उनले रुट विस्तारको योजना लागु गर्नुपर्नेमा जोड दिए ।
“सडक निर्माण समयमा सम्पन्न नहुँदा यात्रु र चालक जोखिममा छन, तसर्थ समयमा नै सडक निर्माणलाई सरकारले तीव्रता साथ अगाडी बढाउनुपर्छ, उनले भने ।” उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष ग्रिस चन्द्र त्रिपाठीले यातायात व्यवसायी र उद्योगी व्यवसायी बीच नङ र मासुको सम्बन्ध रहेको र यातायात व्यवसायीको परिश्रमले उद्योगी व्यवसायीले सहज रुपमा काम गर्न पाएको बताए ।
उनले राज्यले यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक भएकोले व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा जोड दिए । रुट व्यवस्थित नहुँदा उद्योगी व्यवसायीले दोहोरो भाडा तिरी मालसामान ओसारपसार गर्नुपरेकोले यसको समाधानमा गम्भीर हुनुपर्ने उनले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष राम कुमार शर्माले अझ पनि यस क्षेत्रमा यात्रुहरुले यातायातको सुविधा पाएको अनुभुति गर्न नसकेको बताए । उनले ग्रामीण क्षेत्रमा यातायात सेवा नपुग्दा आर्थिक कारोबार हुन नसकेको बताए । समाजसेवी एवं यातायात व्यवसायी निधानचन्द्र श्रेष्ठले नयाँ नेतृत्वलाई शान्त भएर व्यवसायीको हितमा काम गर्न आग्रह गरे ।
बुटवल यातायात व्यवसायी समितिका अध्यक्ष दिल बहादुर थापाले बुटवल यातायात र सिद्धार्थ यातायात बीचको सम्बन्ध प्रगाढ रहेको र अबको नयाँ कार्र्यसमितिसंग पनि समन्वय गरेर अगाडी बढिने बताए । त्यस्तै समितिका पूर्व अध्यक्ष जगदिश गुप्ताले सबै यातायात व्यवसायीहरु एकआपसमा हातेमालो गरेर अगाडी बढे मात्र व्यवसायीको हितमा काम गर्न सकिने बताए । समितिका वरिष्ठ उपाध्यक्ष सुनिलराज विष्टको स्वागत मन्तव्य तथा पूर्व सचिव भोजराज क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
(Zolpidem)
प्रतिक्रिया