नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी

सारांश

  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलो उपलब्धिका रूपमा अर्थ्याएको छ।
  • ओली सो समूहका तेस्रो वरीयताका नेता हुन्।
  • उनलाई चन्दका विश्वासपात्र पनि मानिन्छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलो उपलब्धिका रूपमा अर्थ्याएको छ।

ओली सो समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई चन्दका विश्वासपात्र पनि मानिन्छ।

ओलीलाई पक्राउ गर्दा प्रहरीले गोप्य दस्ताबेज हात पारेका दाबी गरेको छ। उसले यसलाई सो समूहविरुद्धको कारबाहीमा एउटा ठूलो सफलताको रूपमा पनि प्रस्तुत गरेको छ।

“हामीले हात पारेको दस्ताबेजमा निकै महत्त्वपूर्ण सूचना र रणनीतिबारे चर्चा गरिएको छ,” उक्त कारबाहीमा संलग्न एक प्रहरी अधिकारीले बीबीसीलाई बताए।

नाम उल्लेख गर्न नचाहने ती अधिकारी भन्छन्, “त्यसमाथि भूमिगत भइसकेको अवस्थामा क्षेत्रीय कमान्डरनै पक्राउ पर्नु आफैँमा ठूलो उपलब्धि हो।”

प्रहरीले सो समूहका नेता तथा कार्यकर्ताले प्रयोग गरेका ल्यापटप, मोबाइल फोन र अन्य सामग्री पनि जफत गरेको छ।

चन्द समूहका नेताहरूबाट यसबारे कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

काभ्रेबाट पक्राउ

प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले ओली र अन्य नेतालाई काभ्रेको खनीखोला गाउँपालिका बाट पक्राउ गरेको हो।

गत हप्ता काभ्रेकै रोशी गाउँपालिकामा चन्द समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो।

घटनालगत्तै पक्राउ परेका चार कार्यकर्ताले दिएको बयान र अन्य सूचनाका आधारमा ओली लगायतका कार्यकर्ताहरूको खोजीकार्य भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?