गागलफेंदीमा प्रहरीको नयाँ बिट बन्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गागलफेंदीमा प्रहरीको नयाँ बिट बन्यो

सारांश

  • काठमाडौं ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कागेश्वरी मनोहराको गागलफेदीमा महानगरीय अस्थायी प्रहरी बिट भवनको उदघाटन गरे ।
  • भवन स्थानीय स्तरबाट बनाएर भवन प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कागेश्वरी मनोहराको गागलफेदीमा महानगरीय अस्थायी प्रहरी बिट भवनको उदघाटन गरे । भवन स्थानीय स्तरबाट बनाएर भवन प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

प्रहरी महानिरीक्षक खनालले समृद्ध र सुखी नेपाल निर्माण अभियान सफल पार्न स्थानीय स्तरबाटै प्रहरीका लागि भवन हस्तान्तरण गर्नु अनुकरणीय कार्य भएको चर्चा गरे ।

स्थानीय स्तरबाट भएको भवन हस्तान्तरण कार्यबाट प्रहरीलाई प्रोत्साहन मिलेको उल्लेख गर्दै स्थानीयबासीलाई दिगो शान्ति सुरक्षा प्रदान गर्न प्रहरीले थप उच्च मनोबलकासाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दिगो शान्तिका लागि नागरिक(प्रहरी साझेदारीलाई संस्थागत बनाउन कार्यक्रम अघि बढाइएको प्रहरी महानिरीक्षक खनालले बताएका छन् ।

विकासका लागि सुरक्षा पहिलो शर्त भएको बताउँदै शान्ति सुरक्षा लगायतको जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीले स्थानीय सरकार, विभिन्न संघसंस्था लगायत सम्पूर्णसँग हातेमालो गरी अघि बढ्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?