बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२० पटक हेरिएको
Shares
बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा

सारांश

  • काठमाडौं, ११ भदौ ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सुरक्षा जाँच गर्ने भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेका छन् ।
  • १३ सदस्य कमान्डो टोली काठमाडौं आएको हो ।

काठमाडौं, ११ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सुरक्षा जाँच गर्ने भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेका छन् । १३ सदस्य कमान्डो टोली काठमाडौं आएको हो ।

भारतीय वायु सेवाको विमानमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने ३ वटा गाडीसमेत काठमाडौं आइपुगेका छन् । उनीहरुसँग समन्वय गरेर नेपाली सुरक्षाकर्मीहरुले सुरक्षा व्यवस्था मिलाउने छन् ।

भदौ १४ र १५ गते हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चारवटै सुरक्षा निकायलाई परिचालन गर्नेछ । सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । सबै सुरक्षा तयारी पूरा भइसकेको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए । डिआइजी न्यौपानेले सुरक्षा व्यवस्था मिलाइसकेको र कुनै सुरक्षा चुनौती नभएको बताए । प्रहरीले सोमवार बिहान भिआइपीको सुरक्षाको लागि रिहर्सलसमेत गरेको छ ।

चारवटै सुरक्षा निकायका २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने बताइएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapa Bishnu

    हैइन यो चोरलाई चॉही भारतीय सेना नै चॉहीने सुरक्षाको हकमा बिस्वोले नै नेपाली सुरक्षा कर्मी रामो हुन्छ भनेर नेपाली सुरक्षा कर्मी बेलाउछन यसलाई त नेपाली जनताले जुत्ताको माला लगाएर कालो मोसो दलेर लखेट्नु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?