बिम्स्टेक सुरक्षा : मोदी चढ्ने गाडीसहित भारतीय कमाण्डो टोली पुग्यो काठमाडौंमा
सारांश
- काठमाडौं, ११ भदौ ।
- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सुरक्षा जाँच गर्ने भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेका छन् ।
- १३ सदस्य कमान्डो टोली काठमाडौं आएको हो ।
काठमाडौं, ११ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमिस्टेक) सम्मेलनमा सुरक्षा जाँच गर्ने भारतीय सुरक्षाकर्मी काठमाडौं आइपुगेका छन् । १३ सदस्य कमान्डो टोली काठमाडौं आएको हो ।
भारतीय वायु सेवाको विमानमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने ३ वटा गाडीसमेत काठमाडौं आइपुगेका छन् । उनीहरुसँग समन्वय गरेर नेपाली सुरक्षाकर्मीहरुले सुरक्षा व्यवस्था मिलाउने छन् ।
भदौ १४ र १५ गते हुने सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चारवटै सुरक्षा निकायलाई परिचालन गर्नेछ । सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । सबै सुरक्षा तयारी पूरा भइसकेको महानगरीय कार्यालय रानीपोखरीका डिआइजी मनोज न्यौपानेले बताए । डिआइजी न्यौपानेले सुरक्षा व्यवस्था मिलाइसकेको र कुनै सुरक्षा चुनौती नभएको बताए । प्रहरीले सोमवार बिहान भिआइपीको सुरक्षाको लागि रिहर्सलसमेत गरेको छ ।
चारवटै सुरक्षा निकायका २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने बताइएको छ ।
Thapa Bishnu
हैइन यो चोरलाई चॉही भारतीय सेना नै चॉहीने सुरक्षाको हकमा बिस्वोले नै नेपाली सुरक्षा कर्मी रामो हुन्छ भनेर नेपाली सुरक्षा कर्मी बेलाउछन यसलाई त नेपाली जनताले जुत्ताको माला लगाएर कालो मोसो दलेर लखेट्नु पर्छ